२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: एपीएफलाई हराउदै पुलिस शीर्षस्थानमा, ललितले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले शसस्त्र प्रहरी बल (एपीएफ) लाई ५८ रनले हराएको छ ।

भैरहवास्थित सिद्धार्थनगर रंगशालामा पुलिसले खिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको एपिएफ ३४ ओभरमा ८७ रन बनाएर अलआउट भयो । एपिएफका लागि सन्दीप जोरा २५ रन जोड्दै नटआउट रहे । एक समय ४०-७ को स्थितिमा रहेको एपिएफलाई अमर र सन्दीपले आठौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । अमर २३ रन जोडेदै आउट भए ।

यस्तै, प्रज्वल शाहीले १३ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । प्रदीप ऐरीले ४, भुवन कार्कीले ४, पुरन विकेले १ र सुमित महर्जनले २ रन बनाउदा कप्तान रोहित पौडेल र विकेटकिपर लोकेश बमले खाता खोल्न सकेनन् ।

पुलिसको लागि बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले ५ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे । अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।

एपिएफका भुवन कार्कीले ३ विकेट लिँए । अमर राउटेला र रमेश कुर्मीले २/२ विकेट लिदा पुरण विक, रोहित पौडेल र मौसम ढकालले १/१ विकेट लिए ।

यस जितसँगै पुलिस ४ खेलमा ४ जित दर्ता गर्दै ८ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लियो । एपिएफ भने ४ खेलमा ४ अंकसाथ पाँचौ स्थानमा छ । बागमती पनि ८ अंकसाथ रनरेटका आधारमा दोस्रो स्थानमा छ ।