७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।

शुक्रवार वालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् । 

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।   

बैठकले पूर्व माओवादी खेमाका ५ मन्त्रीसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

बैठकले विभागहरूको जिम्मेवारी पनि तोकेको छ ।