२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मयानको शतकमा मधेशले सुदूरपश्चिमलाई दियो ३२० रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । मयान यादबको शतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई तीन सय २० रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १९ रन बनायो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका मयान यादबले एक सय १५ रनको शानदार शतकिय ईनिङ खेले । उनले एक सय २८ बलमा दुई छक्का र आठ चौका हिर्काए । ओपनर अनिल शाहले ६९ र पवन सर्राफले ७० रन बनाए । यस्तै, रुपेश सिंहले २१, अभिषेक तिवारीले १६ , हरिशंकर शाहले १४ रन थपे ।

सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले सर्वाधिक चार विकेट लिए । विकाश अग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।