२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मयानको शतकमा मधेशले सुदूरपश्चिमलाई दियो ३२० रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । मयान यादबको शतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई तीन सय २० रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १९ रन बनायो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका मयान यादबले एक सय १५ रनको शानदार शतकिय ईनिङ खेले । उनले एक सय २८ बलमा दुई छक्का र आठ चौका हिर्काए । ओपनर अनिल शाहले ६९ र पवन सर्राफले ७० रन बनाए । यस्तै, रुपेश सिंहले २१, अभिषेक तिवारीले १६ , हरिशंकर शाहले १४ रन थपे ।

सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले सर्वाधिक चार विकेट लिए । विकाश अग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।