७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन निर्देशन



अ+ अ-

काठमाडौं । संसदीय समितिले निशुल्क आधारभूत स्वास्थ्य सेवा र गुणस्तीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद अन्र्तगत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले संविधानमा उल्लेखित व्यवस्था अनुसार राज्यले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चत गर्न सरकारी स्वास्थ्य संस्थाहरुलाई आधुनिकीकरण र स्तरोन्नती गरि विश्वसनिय बनाउन नेपाल सरकारलाई निर्देशन दिएको हो । सरकारी स्वास्थ्य संस्थाहरु सेवामुखी भन्दा नाफामुखि देखिन थालेको भन्दै समितिले तत्काल स्वास्थ्य सेवाको अनुगमन गरि सो को जानकारी समितिलाई गराउन पनि निर्देशन दिएको छ । त्यसैगरी विद्यमान नीति नियमलाई स्थायी बनाउनुको साथै आवश्यकता अनुसार नया स्वास्थ्य रणनीति तय गर्न समितिले स्वास्थ्य मन्त्रालयललाई निर्देशन दिएको छ ।

समितिले नसर्ने रोगहरु गम्भीर ढंगले बढिरहेकाले त्यसको नियन्त्रण र रोकथामको लागि दिर्घकालिन कार्ययोजना बनाउन, स्वास्थ्यमा लाग्ने खर्च घटाउने सम्बन्धी आवश्यक रणनीति बनाउनुको साथै सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचार प्रसार सम्बन्धी ऐनकानूनलाई प्रभावकारी कार्यान्वनय गरि सो को जानकारी गराउन अर्थ र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।

समितिले दिगो विकासका लक्ष्यहरु मध्ये लक्ष्य ३ र विशेष गरि नसर्ने रोगको बारेमा वर्तमान अवस्था, बढ्दो स्वास्थ्य खर्च कम गर्ने उपाय तथा  अवलम्बन गर्नुपर्ने रणनीतिका सम्बन्धमा शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा स्वास्थ्य विज्ञ, स्वास्थ्य मन्त्रालयका सचिव, अर्थमन्त्रालयका राजश्व सचिव लगायत संग छलफल गरि नेपाल सरकार र सरोकारवाला मन्त्रालयलाई आवश्यक निर्देशन दिएको हो ।