११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट सोनाम ल्होसारको शुभकामना



अ+ अ-

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिनुभएको छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पु-याइरहेको बताउनुभएको छ ।

“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु” शुभकामना सन्देशमा भनिएको छ । रासस