७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ : अध्यक्ष ठाकुर



अ+ अ-

काठमाडौं । सत्ता समीकरणबारे जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको  बताएका छन् । शनिवार जपासका नेताहरु माओवादी केन्द्रसँग छलफल गर्नका लागि पेरिसडाडाँमा  पुगेका थिए । 

छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै जसपाका अध्यक्ष ठाकुरले सबै पक्षसँग वार्ता भइरहेको भएपनि कुनै टुंगोमा नपुगेको बताएका छन् ।
 
‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ ठाकुरले भने । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनले बताए । एमाले वा त्यस बाहेकका इतर गठबन्धनको सरकारबारे सोधिएको प्रश्नमा अध्यक्ष ठाकुरले कतै पनि आफूहरुले सुरक्षाको महसुस नगरेको बताए ।

‘हामी कही पनि आफूलाई सुरक्षाको महसुस गरेको छैन’, उनले भने । जसपाले काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ । तर, कुनै निर्णय भने दिएको छैन ।