२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: गण्डकी प्रदेश १ सय ६७ रनमा अलआउट, अभ्यासले लिए ६ विकेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अभ्यास तिम्सिनाको आक्रमक बलिङमा गण्डकी प्रदेशले कोशीलाई १ सय ६८ रनको लक्ष्य दिएको दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ४८.२ ओभरमा मात्र १ सय ६७ रनमा अलआउट हुन पुग्यो । एक समय ६ रनमा ३ विकेट गुमाएको दयनीय स्थितिमा पुगेका ेगण्डकीलाई मुस्कान थापा र कप्तान विपिन खत्रीले सातौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।

मुस्कानले ६७ रन बनाउँदा कप्तान बिपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिए ।

कोशीको लागि अभ्यास तिमिल्सिना एक्लैले ६ विकेट लिए । उनले ९.२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिए । फिर्दोष अन्सरी, कमल खत्री र सोनु मण्डलले १र१ विकेट लिए ।