३१ जेष्ठ २०८३, आईतवार
,
Latest
ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ४ करोड



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाफा २ अर्ब ४ करोड रुपैयाँ  गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आफ्नो नाफा सार्वजनिक गरेको हो ।

बैंकको ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेकोमा जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकले चालू आवको ६ महिनामा खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढाएको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ।

तर, बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, कुल संचालन आम्दानी पनि ३९.२२ प्रतिशतले बढेर १० अर्ब ८६ करोड २६ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको संचालन नाफा भने २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ कायम भएको छ । वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ ।
बैंकले जगेडा तथा कोषमा भने २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ राखेको छ ।सो अवधिमा बैंकको निक्षेप संकलन पनि ६.५५ प्रतिशतले बढेर ४ खर्ब ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन २.९० प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ ।