१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

‘चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा…

‘चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा…
अ अ+ अ-

कास्की । पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, “अर्को वर्ष दर्शकले चाहेजस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि जित्नेगरी आउनेछौँ ।”

फाइनलमा कडा टक्कर दिए पनि न्यूडायमण्डले विभागीय टोली एपिएफलाई हराउन सकेन । एपिएफले उपाधिमा ह्याट्रिक गर्दा न्यूडायमण्ड भने उपविजेतामा सीमित हुन पुग्यो । न्यूडायमण्डको उपाधि चुम्ने सपना यस वर्ष पूरा नभए पनि प्रशिक्षक राई निरास भने हुनुहुन्न । खेलाडीको प्रदर्शन र त्यसमा पनि नयाँ खेलाडीको खेलले उहाँमा आत्मविश्वास ठूलो छ । सिनियर केही खेलाडीको चोट र नयाँ खेलाडीले आशा गरेअनुसार प्रदर्शन गर्न नसक्दा पराजय भोग्नुपरे पनि राईमा उपाधि जित्ने हुटहुटी भने झनै बढेको छ । क्लबमा झनै उत्साह थपेको छ ।

पछिल्लो समयदेखि न्यूडायमण्ड स्पोर्टस् क्लबको नामका अगाडि चन्द्रागिरि थपिएको छ । चन्द्रागिरि त्यही नगरपालिका हो, जहाँ न्यूडायमण्ड महिला भलिबल टिम रहेको छ । आफ्नै ठाउँमा रहेको भलिबल खेल विकासमा दुई दशकदेखि निरन्तर क्रियाशील क्लबलाई स्थानीय सरकारले अभिभावकत्व लिएपछि न्यूडायमण्डमा क्लबमा उत्साह छाएको हो । नगरपालिकाबाट राम्रो साथ पाएपछि यसबाट टिम व्यवस्थापकदेखि खेलाडी खेलमा अझै राम्रो गर्दै उपाधिको सपना देख्न थालेका छन् ।

“हामी अर्को वर्ष अझै बढी तयारीसहित राम्रा खेलाडी लिएर उपाधि जित्नेगरी पोखरा आउनेछौँ । दर्शकले चाहेजस्तो खेल प्रस्तुत गर्नेछौँ, हामीलाई नगरपालिकाबाट समेत साथ मिलेको छ, हामी उत्साहित नै छौँ”, प्रशिक्षक राईले भन्नुभयो । टाइगरकपको फाइनलमा आफ्नो टोली पुगेको खबरपछि खेलाडीमा उत्साह भर्न चन्द्रागिरि नगरपालिकाको टोली शुक्रबार पोखरा आयो । पोखरा रङ्गशालामा चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खत्री, वडा १५ का वडाध्यक्ष घनश्याम लुईटेल सहित अन्य वडाध्यक्ष खेलाडीलाई उत्साहित बनाइरहनुभयो ।

स्थानीय सरकारले राष्ट्रिय खेल भलिबल र त्यसमा पनि महिला भलिबलको विकासका लागि गरेको प्रयास प्रशंसनीय छ । यसले खेलकुदको विकासमा सहयोग पुगेको छ भने खेलाडीमा समेत आत्मविश्वास बढाएको प्रशिक्षक राईले बताउनुभयो । चन्द्रागिरि नगरपालिकाले गत महिनादेखि न्यूडायमण्डलाई प्रायोजन सुरुआत गरेको हो । विगतमा पनि खेल सामग्री, मेडिकल उपकरण, प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको थियो ।

तर यस वर्षदेखि न्यूडायमण्ड महिला भलिबल क्लबलाई नगरपालिकाले आफ्नो ‘अफिसियल क्लब’ बनाएको छ । जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरको प्रतियोगितामा ‘चन्द्रागिरि नगरपालिका न्यूडायमण्ड महिला भलिबल टिम’को नामसहित न्यूडायमण्डले सहभागिता जनाउने नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।

“न्यूडायमण्ड महिलाहरूको युनिक टोली हो । पहिला पनि सानो–सानो सहयोग गरेका थियौँ । तर अहिले अफिसियल टिमका रूपमा विकास गरौँ भनी छुट्टै बजेट व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट नगरपालिकाको पहिचान बढाएको छ, खेल जगत्लाई पनि सहयोग पुगेको छ ।”

नगरपालिकाले प्रतियोगितामा खेलाडीका लागि आवश्यक खेलकुद सामग्री तथा प्रतियोगिताको व्यवस्थापन खर्च सबै व्यर्होनेछ । यसका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरिएको छ । नगरप्रमुख गिरीले राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा स्थापित तथा महिला भलिबल खेलाडी उत्पादन गरेर राष्ट्रलाई योगदान गरेको क्लबसँग नगरपालिका जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । अन्य स्थानीय सरकारले पनि खेलकुद विकासका लागि सहयोग गर्नुपर्ने भनाइ गिरीको छ ।

चन्द्रागिरिले महिला भलिबलबाहेक फुटबल, ब्याडमिन्टन, बक्सिङलगायतका प्रतिस्पर्धात्मक खेलहरूको विकासका लागि मात्र बर्सेनि रु दुई करोडमाथि खर्च गर्दै आएको नगरप्रमुख गिरीले जानकारी दिनुभयो । “नगरपालिकाले खेलकुद विकासलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएका छ । ”, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो । रासस