२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

टाइगर कपको उपाधि हेल्प नेपाललाई

टाइगर कपको उपाधि हेल्प नेपाललाई
अ अ+ अ-

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबलको उपाधि टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदेशलाई ३–१ सेटमा हराउँदै उपाधि उचालेको हो ।

लिबल कोर्टमा पहिलो सेट २५–१३ मा जितेको हेल्प नेपालले दोस्रो सेट पनि २५–१८ मा आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट भने गण्डकीले २६–२४ को जित निकाल्यो । तर, हेल्प नेपालले चौथो सेटमा २५-१७ मा जित निकाल्दै उपाधि जित्न सफल भयो ।

उपाधिसँगै हेल्प नेपालले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । दोस्रो भएको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।

यसैबीच टाइगर कप अन्तर्गत कै महिला भलिबलको उपाधि भने विभागीय टोली एपीएफ क्लबले जितेको छ । आजै भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफ लगातार तेस्रो पटक उपाधि जित्न सफल रह्यो ।

उपाधिसँगै एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । दोस्रो भएको न्यु डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ छ-छ टोलीले सहभागिता जनाएका थिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।