२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कपको उपाधि हेल्प नेपाललाई



अ+ अ-

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबलको उपाधि टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदेशलाई ३–१ सेटमा हराउँदै उपाधि उचालेको हो ।

लिबल कोर्टमा पहिलो सेट २५–१३ मा जितेको हेल्प नेपालले दोस्रो सेट पनि २५–१८ मा आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट भने गण्डकीले २६–२४ को जित निकाल्यो । तर, हेल्प नेपालले चौथो सेटमा २५-१७ मा जित निकाल्दै उपाधि जित्न सफल भयो ।

उपाधिसँगै हेल्प नेपालले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । दोस्रो भएको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।

यसैबीच टाइगर कप अन्तर्गत कै महिला भलिबलको उपाधि भने विभागीय टोली एपीएफ क्लबले जितेको छ । आजै भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफ लगातार तेस्रो पटक उपाधि जित्न सफल रह्यो ।

उपाधिसँगै एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । दोस्रो भएको न्यु डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ छ-छ टोलीले सहभागिता जनाएका थिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।