१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

प्रधानमन्त्री कप: कोशीको लगातार पाँचौ हार

प्रधानमन्त्री कप: कोशीको लगातार पाँचौ हार
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराएको छ । यससँगै बागमतीले लगातार तेस्रो जित दर्ता गरेको छ भने कोशीले लगातार पाँचौ हार बेहोरेको छ ।

बागमतीले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा ओभरमा २ सय ९ रन बनाएर अलआउट भयो । कोशीका लागि सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतक प्रहार गरे । सुजनले ५९ रन जोडे र अंकितले ५३ रन बनाए । आइश भट्टराई ३२, सोनु अन्सारी २१, फिर्दोस अन्सारी ५, सुभान गहतराज ४ र हेमन्त राईले १० रन बनाए ।

यता बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ५ विकेट लिए । सूर्यले २ विकेट लिदाँ प्रतिकले एक १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो ।

बागमतीको लागि आक्रामक ब्याटिङ गर्दै आशुतोष घिरैयाले शतकिय ईनिङ खेलेका थिए । आशुतोषले १ सय ११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै १ सय १८ रन जोडे । यससँगै आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा शतक प्रहार गरेका थिए । उनको करीयरको भने यो पहिलो शतक हो ।

बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ र रितले ४९ रन बनाए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । कमल खत्री र हेमन्त राईले २९२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।

यस जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा बागमतीको ३ जित र २ हारसँगै ६ अंक छ । सुदूरपश्चिम ३ खेलमा शत प्रतिशत जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । कोशी ५ खेलमा बिना कुनै अंक पुछारमा छ । गण्डकीले पनि ३ खेलमा कुनै अंक जोडेको छैन ।