२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले वेस्ट इन्डिजलाई १० विकेटले हरायो



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध जारी पहिलो टेस्टको तेस्रो दिन १० विकेटले जितेको छ । वेस्ट इन्डिजले दिएको २६ रनको लक्ष्य अष्ट्रेलियाले ६.४ ओभरमा सक्काउदै दुई खेलको शृङ्खलामा १–० को अग्रता लिएको हो ।

त्यसअघि  तेस्रो दिनको खेल ७३–६ को स्थितिबाट सुरुवात गरेको वेस्ट इन्डिज १ सय २० रनमा अलआउट भएको थियो । जोश डा सिल्भा १८ रन जोड्दै आउट भएपछि वेस्ट इन्डिजले लगातार विकेट गुमाएको थियो । जसमा अष्ट्रेलियाका जोश हेजलवुडले ५ विकेट लिँए । मिचेल स्टार्क र नाथन लायनको नाममा २-२ विकेट लिदा क्यामरन ग्रीनले १ विकेट लिए ।

वेस्टइन्डिजका कर्क म्याकेन्जीले अघिल्लो दिन २६ रन बनाएका थिए। जस्टिन ग्रिभ्स २४ रनमा आउट हुँदा अल्जारी जोसेफले १६ तथा समार जोसेफले १५ रन बनाए ।

अष्ट्रेलिया पहिलो इनिङमा २ सय ८३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाको लागि ट्रविस हेडले १ सय १९ रनको शतकीय इनिङ खेले । उनले १ सय ३४ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । ओपनर उस्मान खवाजा ४५, स्टिभ स्मिथ १२, मार्नस लाबुसेन १०, क्यामरन ग्रीन १४, एलेक्स केरी १५ र मिचेल मार्शले ५ रनबनाए ।

वेस्टइन्डिजका शामर जोशेफले ५ विकेट लिए । केमार रोच र जस्टिन ग्रेभ्सले २–२ विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १ सय ८८ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका युवा ब्याटर किर्क म्याकेन्जीले सर्वाधिक ५० रन बनाएका थिए । ओपनर क्रेग ब्रेथवेट १३, तेजनारायण चन्द्रपाउल ६, एलिक एजान्थे १३, अल्जारी जोशेफ १४ र केमार रोचले १७ रन बनाए ।

अष्ट्रेलियाका जोश हेडजलवुड र प्याट कमिन्सले चार चार विकेट लिए । मिचेल स्टार्क र नाथन लायनले १–१ विकेट लिए ।

दोस्रो र अन्तिम टेस्ट ब्रिस्बेनको गाबामा जनवरी २५ देखि सुरु हुनेछ । त्यसपछि दुई टोलीबीच ह्वाईट बल लेग हुनेछ।




भर्खरै