२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीका ओपनर आशुतोषको शतक



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध शानदार शतक बनाएका छन् ।

टियु क्रिकेट मैदानमा आक्रामक ब्याटिङ गर्दै आशुतोषले करिअरको पहिलो शतक पूरा गरेका हुन् ।

उनले ९९ बलमा १३ चौका र २ छक्काको सहयोगमा शतक पूरा गरे ।आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा शतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा यो पाँचौ शतक पनि हो ।

३० ओभरमा बागमतीले २ विकेट गुमाएर १ सय ७३ रन जोडेको छ ।