१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० आई इतिहासमा पहिलो पटक दुई सुपरओभर



अ+ अ-

एजेन्सी । टि२० आई क्रिकेट इतिहासमा पहिलो पटक दुई सुपरओभर भएको छ । बुधबार भारत र अफगानिस्तानबीचको तेस्रो टि२० आई खेलमा सुपर ओभर टाई भएपछि दोस्रो सुपर ओभर खेलाईएको हो ।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो । अफगानिस्तानलाई जितको लागि अन्तिम ओभरमा १९ रन चाहिँदा गुलबदीन नैबले १८ रन जोड्दै खेल सुपर ओभरमा पुर्याएका थिए ।

सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएको थियो । भारतले पनि १६ रन नै बनायो । त्यसपछि दोस्रो सुपर ओभरमा भारतले ११ रन बनायो । तर, अफगानिस्तानले तीन बलमा एक रन बनाउदै दुई विकेट गुमाएपछि खेल हार्न पुग्यो । सुपर ओभरको नियम अनुसार दुई खेलाडी आउट भएपछि खेल्न पाइँदैन । यससँगै, भारतले निकै रोमान्चकको साथ दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गर्दै तीन खेलको सिरिजमा क्लिनस्विप गर्यो ।

टि२० आई क्रिकेट इतिहासमा पहिलो पटक सुपर ओभर टाइ भएको हो । ओडिआई र टि२० क्रिकेटमा भने यसअघि नै सुपर ओभर टाइ भई सकेको छ । २०१९ को एकदिवसीय विश्वकप फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको खेलमा सुपर ओभर पनि टाइ भएको थियो ।

यस्तै, इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा पन्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेलमा सुपर ओभर टाइ भएपछि दोस्रो सुपर ओभर भएको थियो ।