२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलेनको उत्कृष्ट शतकमा न्युजिल्यान्डले दुई खेल अगावै पाकिस्तानविरुद्ध सिरीज जित्यो



अ+ अ-

एजेन्सी । ओपनर फिन एलेनको विष्फोटक शतकीय इनिङमा न्युजिल्यान्डले दुई खेल अगावै पाकिस्तानविरुद्धको सिरीज जितेको छ । बुधबार भएको तेस्रो टि२० आई खेलमा पाकिस्तानलाई ४५ रनले हराउँदै न्युजिल्यान्डले सिरीज हात पारेको हो । यससँगै, पाँच खेलको सिरिजमा न्युजिल्यान्डले ३–० को अग्रता लिएको छ ।

जितको लागि २ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्भारीत २० ओभरमा ७ विकेट गुमाउँदै जम्मा १ सय ७९ रन बनायो । पाकिस्तानको लागि बाबर आजमले सर्वाधिक ५८ रन बनाए । उनले ३७ बलमा ८ चौका र १ छक्का प्रहार गरे । बाबरबाहेक अन्य कुनैपनि पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर समै अयुब १०, मोहम्मद रिजवान २४, फखार जमान १९, मोहम्मद नवाज २८ र आजम खान १० रनमा आउट भए ।

बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिँदा म्याट हेनरी, लोकी फर्गुसन, मिचेल सान्टनार र ईश सोधीले १–१ विकेट लिए ।

त्यअसघि डुनेडिनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धाारित २० ओभरमा ७ को क्षतीमा २ सय २४ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर फिन एलेनले १ सय ३७ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । उनले ६२ बलमा ५ चौका र १६ छक्का हिर्काए । उनको यो टि२० आई करिअरको दोस्रो शतक हो । यससँष्ै उनले टि२० आईमा एकै खेलमा सर्वाधिक छक्का हान्ने विश्व कीर्तिमान बराबर गरेका छन् । यसअघि अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध १६ छक्का प्रहार गरेका थिए ।

यस्तै, टिम सिफर्ट ३१, ग्लेन फिलिप्स १९ र डेभन कन्वे ७ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले २ विकेट लिए । शाहिन शाह अफ्रिदी, जमान खान, मोहम्मद नवाज र मोेहम्मद वासिमले १(१ विकेट लिए ।

अव चौथो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।




भर्खरै