२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट: दीपेन्द्र र अर्जुनको राम्रो ब्याटिङमा पुलिसको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । यो पुलिसको लगातार दोस्रो जित हो भने कोशीले तेस्रो हार बटुल्यो।

जितको लागि १ सय ६७ रनको मध्यम विजयी लक्ष्य पाएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउदले अर्धशतक बनाए । उनी ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहे ।

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ३८ रनमा नट आउट रहँदा दीलिप नाथले ३१, कुशल भुर्तेल १२ र सुनिल धमलाले १६ रन बनाए ।

कोशीको लागि कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट ढाँले ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनाएको थियो । कोशीको लागि सुजन थपलियाले सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । थपलियाले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रन बनाए ।

सुजन बाहेक कोशीका अन्य कुनै ब्याटरले राम्रो खेल्न सकेनन् । ३७–२ को अवस्थाबाट लगातार विकेट गुमाउँदा कोशी २४.३ ओभरमा ६४–७ को अवस्थामा पुगेको थियो । त्यसपछि अभ्यास तिमिशिनाले आठौं विकेटका लागि सुजनसँग ९९ रनको साझेदारी गरेका थिए । अभ्यासले २३ रन बनाए । अंकित सुवेदी १०, मिनाश थापा २ र फिर्दोस अन्सारी ९ रनमा आउट भए ।

पुलिसको लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिदा कुशल भुर्तेल, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।

कोशीले बिहीबार आर्मीसँग र पुलिसले आइतबार भैरहवामा गएर आर्मीसँग खेल्नेछ ।