१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभले अयोध्यामा १४.५ करोडको प्लट किने, त्यसमै घर बनाउने



अ+ अ-

एजेन्सी । बलिउड दिग्गज अभिनेता अमिताभ बच्चनले अयोध्यामा राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ समारोह अघि १४.५ करोडको प्लट किनेका छन् । इलाहाबाद (अहिले प्रयागराज)मा जन्मेका दिग्गज अभिनेताले मुम्बई स्थित विकासकर्ता द हाउस अफ अभिनन्दन लोढाको ७ तारा मिश्रित प्रयोगको एन्क्लेभ द सरयू मा यो लगानी गरेका छन् ।

मिन्टको रिपोर्ट अनुसार अमिताभले ५१ एकडमा फैलिएको ‘द सरयू’ मा १० हजार स्क्वायर फिटको प्लट किनेका छन् । त्यसैमा उनले आफ्नो घर बनानेछन् । राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ समारोह हुने दिनमा २२ जनवरीमा सरयूको उद्घाटन पनि हुनेछ । यस दिन प्रधानमन्त्री नरेन्द्र मोदीले अयध्यास्थित श्री राम मन्दिरको उद्घाटन गर्नेछन् ।

यस परियोजनामा ​​लगानी गर्ने बारे एचटीसँग कुरा गर्दै अमिताभले भने, ‘म अयोध्यामा ‘द सरयू’ बाट यो यात्रा सुरु गर्न पाउँदा उत्साहित छु । यो मेरो मुटुको नजिक रहेको सहर हो । अयोध्याको आध्यात्मिकता र सांस्कृतिक समृद्धिले भावनात्मक सम्बन्ध सिर्जना गरेको छ । म यस विश्वव्यापी आध्यात्मिक राजधानीमा मेरो घर बनाउन उत्साहित छु ।’

अर्कोतर्फ, कम्पनीले यसलाई आफ्नो लागि कोशेढुङ्गाको पल पनि भन्दै आएको छ । ‘द सरयू’ मा अमिताभलाई पहिलो नागरिकको रुपमा स्वागत गर्न पाउँदा आफू निकै उत्साहित भएको उसले बताउँछ । ‘द सरयू’ राम मन्दिरबाट १५ मिनेट र अयोध्या अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० मिनेटको दूरीमा छ ।

अमिताभले हालै अक्षय कुमार र दक्षिण सुपरस्टार सुरियासँग इन्डियन स्ट्रिट प्रिमियर लिगको लागि प्रोमो भिडियो खिचेका छन् । अमिताभको अन्तिम फिल्म ‘गणपत’ अक्टोबर २० मा रिलिज भएको थियो, जुन नराम्ररी फ्लप भयो । यो वर्ष उनका ‘कल्की २८९८’, ‘बटरफ्लाई’ र ‘भेटियाँ’ जस्ता फिल्म रिलिज हुँदैछन् । अमिताभले ८१ वर्षको उमेरमा भेट्टियन मार्फत तमिलमा डेब्यु गर्न लागेका छन् ।