६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: विनोदको शतकमा मधेशलाई ३ सय २१ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कपमा कप्तान विनोद भण्डारीको कीर्तिमानी शतकमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय २० रन बनायो । आर्मीको लागि विनोद भण्डारीले १ सय १३ रनको शतकीय इनिङ खेले । उनले ९३ बलमा ९ चौका र ६ छक्का हिर्काए ।

यससँगै, विनोद पिएमकपमा दुई शतक बनाएका छन् । उनले यसअघि २०२१ को पिएमकपमा गण्डकी प्रदेशविरुद्ध १ सय ११ रन बनाएका थिए । उनको करिअरको चौथो शतक हो ।

एक समय १०२–५ अवस्थामा रहेको आर्मीलाई पाँचौं विकेटका लागि विनोद र कुशल मल्लले १ सय १८ बलमा १ सय ३२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । कुशल ३७ रन बनाउदै आउट भए । यस्तै, सन्तोष कार्की ४२, इमरान शेख २६, विवेक यादव ३७, भीम सार्की १८, बसिर अहमद १६ र सोमपाल कामीले ६ रन बनाए ।

मधेशको लागि रन्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल सिंहले २ विकेट लिँदा रुपेश र राजेश यादवले १-१ विकेट लिए ।