५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा श्रीमान् मृत भेटिए, श्रीमती घाइते



अ+ अ-

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियामा एक जना पुरुष मृत फेला परेका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी पकडियास्थित गहुँ खेतमा आज बिहान मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी पनि सख्त घाइते अवस्थामा फेला परेकी छन् ।

अस्मिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

ससुराली पकडियाबाट श्रीमती र अन्य दुई साथीसँग डेरा हिँडेका राधे  मृत भेटिएका हुन् । त्यही क्रममा मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटना रहस्यम भएको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

राधेका दुई जना साथीहरू भने फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।