११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

१० अर्ब बढी लगानी भएको कफी उद्योगको विकासमा सरकारको बजेट ५० लाख मात्रै (भिडियोसहित)

१० अर्ब बढी लगानी भएको कफी उद्योगको विकासमा सरकारको बजेट ५० लाख मात्रै (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको कफी खेतीको प्रवद्र्धनमा राज्य उदासिन देखिएको छ । नेपालमा कफी खेतीको ठूलो सम्भावना छ । नेपाली कफी विश्व बजारमा समेत निर्यात गर्नसक्ने ठूलो सम्भावना हुँदा समेत राज्यले कफी खेतीको विकास र बिस्तारमा आवश्यक ध्यान दिन सकेको छैन ।

तीनै तहकै सरकार कफी खेतीको विकास र बिस्तार गर्न कुनैपनि कार्यक्रम ल्याउन सकेका छैनन् । पछिल्लो समय नेपालमा समेत झाँगिदै गएको ‘कफी कल्चर’ को विकास भएको छ । यस्तो संस्कृतिले नेपालमा नै उत्पादित कफीको माध्यमबाट स्वदेशमा नै युवाहरुले मुद्रा आर्जन गर्नसक्ने माध्यम बन्नसक्छ । कफी संस्कृतिले स्वदेशमै कमाइको अवसर सिर्जना गरेको छ । त्यसैले राज्यले कफी उत्पादन, लगानीमा नविन सोच भएका तर विदेश रहेका युवाहरुलाई स्वदेश फर्काउन सक्ने कार्यक्रम र योजना ल्याउन आवश्यक छ ।

राज्यले ठूलो निर्यातको सम्भावना र रोजगारी अवसरको क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखेको नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलले बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कफी व्यवसायलाई राम्रो निर्यात सम्भावना भएको उद्यमका रुपमा राज्यले निर्धारण गरे पनि कफी खेतीको बिस्तार र प्रवद्र्धनमा सरकार उदासिन देखिएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा कफी खेती राम्रो आम्दानी र युवाहरुलाई रोजगारी दिन सकिने धेरै सम्भावना भएको क्षेत्र भएपनि राज्यको उदासिनतका कारण खेती नै समस्यामा पर्ने डर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ कफी खेतीबाट राम्रै आम्दानी र युवाहरुलाई रोजगारी दिन सकिन्छ । अथाहा सम्भावना भएको क्षेत्र कफी खेती हो । तर गाउँमा काम गर्ने युवाहरु छैनन् । गाउँभरीका जग्गा जमिन बाँझो बसेका छन् ।’

उहाँले राज्य कफी खेतीको सम्भावनाका विषयमा समयमा नै सचेत हुने भने विदेश गएर आर्जन गर्ने मुद्रा नेपालमा नै कमाउन सकिने दाबी गर्नुभयो । महासचिव पोखरेलले सरकारले कफी खेती सम्बधि सीप, बिरुवा,बीउ,सिंचाई,अनुदान र जग्गा भाडा ऐनमा सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सामुहिक करार खेतीका लागि पहाडका जग्गाहरुलाई बैंकले मूल्याङ्कन गरेर कर्जामा सहुलियत दिए व्यवसायीहरु लगानी गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले समयमा नै सचेत हुने हो र विदेश गएर आर्जन गर्ने मुद्रा नेपालमा नै आर्जन गर्न सकिने सीप, बिरुवा,बीउ,सिंचाई,अनुदान र जग्गा भाडा ऐनमा सरकारले सहजिकरण गर्नुपर्‍यो । सामुहिक करार खेती,पहाडका जग्गाहरुलाई बैंकले मूल्याङ्कन गरेर कर्जामा सहुलियत दियो भने व्यवसायीहरुले लगानी गर्ने थिए । लगानी गर्नेहरुलाई कफी खेती लगायत कृषिको लागि हकबन्दी हटाउनुपर्छ ।’

उहाँले लगानी गर्नेहरुलाई कफी खेती लगायत कृषिको लागि तत्काल सरकारले हदबन्दी हटाउन आवश्यक रहेको बताउनु भयो । उहाँले ७५ रोपनी भन्दा बढी कफी खेती लगाउनै नपाउने गरी हदबन्दी लगाएको भन्दै कफी खेतीको विकास र बिस्तार गरी कफी उद्योगको रुपमा हदबन्दी खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले कृषिमा लगानी गर्नेलाई हदबन्दीमा कडाई गर्ने, करार खेती जग्गा भाडा ऐन पनि नदिने काम अहिले भइरहेको बताउनु भयो । उहाँले सरकारले किसानहरुलाई कुन जातको कफी लगाउने भन्ने प्रोत्साहन समेत गर्न नसकेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो,‘७५ रोपनी भन्दा बढी कफी खेती लगाउनै नपाउने गरी हदबन्दी लगाएर हुँदैन । व्यवसायीक बनाउन ठूलो फार्मिङमा काम गर्नुपर्छ । कृषि उद्योगको रुपमा लैजानुपर्छ । कृषिमा लगानी गर्नेलाई हदबन्दीमा कडाई गर्ने, करार खेती जग्गा भाडा ऐन पनि नदिने काम भएको छ । यी सबै लगानीकर्ताहरुले गरे पनि सरकारले कुन जातको कफी लगाउने भन्ने प्रोत्साहन गर्ने काम गर्न सकेको छैन । कफी खेतीको लागि जोखिम छैन, राज्य छ, भनेर राज्य उभिनसकेको छैन । सामुदायिक वनमा समेत आयआर्जन गर्ने माध्यम पनि नदिने गरेको छ ।’

महासचिव पोखरेलले नेपालको कफी क्षेत्रमा धेरै विकृति रहेको बताउनु भयो । उहाँले किसानहरुको अभिभावक राष्ट्रिय चियाकफी विकास बोर्ड कफी खेतीको विकास र बिस्तार भन्दा पनि सरकारी भर्ती केन्द्रको रुपमा विकास भएको बताउनु भयो । उहाँले कफी विकासको लागि बोर्डबाट अहिलेसम्म खासै केही कामको निकास नभएको दाबी गर्नुभयो । बोेर्डमा कफीबारे अध्ययन गर्ने विज्ञ समेत नभएको बताउनु भयो ।

कफीमा विकृति धेरै नै छ । २१ वर्षदेखि म कफी खेती, उद्योग ,उत्पादन र बजारीकरणमा समेत छु । किसानहरुको अभिभावक नेपाल सरकार मातहतको राष्ट्रिय चियाकफी विकास बोर्ड सरकारी भर्ती केन्द्र जस्तै भएको छ ।’ उहाँले भन्नुभयो,‘कफी विकासको लागि त्यहाँबाट केही कामको निकास छ्रैन । कफी हेर्ने दुई जना विज्ञ बोर्डमा छैनन् । चक्लाबन्दी कार्यक्रम छ ।’

महासचिव पोखरेलले कफी उद्योगमा १० अर्ब भन्दा बढी लगानी भइसकेको दाबी गर्नुभयो । उहाँले १० अर्ब लगानीमा कफी उत्पादनमा भने १० प्रतिशत मात्रै लगानी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा कफी उत्पादन क्षेत्र कमजोर रहेको तर खपतको क्षेत्र हेर्दा उद्योग र क्याफेमा ठूलो लगानी भएको बताउनु भयो । उहाँले १० अर्ब भन्दा बढी लगानी भएको क्षेत्रमा सरकारले कफीलाई भनेर जम्मा बजेट ५० लाख रुपैया मात्रै छुट्याउने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । महासचिव पोखरेलले ५० लाख बजेट कफी खेतीको विकास र किसानको लागि भन्दा पनि बोर्डको तालिम भत्ता, भ्रमणमा खर्च हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘कफी उद्योगमा १० अर्ब भन्दा बढी लगानी भइसक्यो । जसको १० प्रतिशत उत्पादन क्षेत्रमा छ । उत्पादन क्षेत्र कमजोर छ । खपतको क्षेत्र हेर्दा उद्योग र क्याफेमा ठूलो लगानी भएको छ । १० अर्ब भन्दा बढी लगानी भएको क्षेत्रमा सरकारले कफीलाई भनेर जम्मा बजेट ५० लाख रुपैया मात्रै छुट्याउँछ । त्यहाँ बजेट कहाँ छर्ने भन्दा बोर्डको तालिम भत्ता, भ्रमणमा जान्छ ।’

उहाँले कफीको टे«डमार्क बनाउने विषय त्यत्तिकै रहेको भन्दै सरकारले नै कफीको टे«डमार्क लिएर बसेको बताउनु भयो । उहाँल अन्तर्राष्ट्रिय बजारमा जानको लागि व्यवसायीहरुलाई सरकारले टे«डमार्क अहिलेसम्म नदिएको बताउनु भयो । उहाँले नेपाली कफीको उत्पादनदेखि बजारीकरणसम्म राज्यको उपस्थिति नदेखिएको बताउनु भयो । उहाँले कफी निर्यात गर्ने निर्देशिक, ग्रिन कफी निर्यात गर्ने गुणस्तर मापदण्ड बने पनि उत्पादनमा लगानी हुन नसकेको बताउनु भयो । उहाँले स्वदेशी कफीलाई प्रोत्साहन गर्न राज्यले आयात हुने कफीको मूल्य नेपाली उत्पादन कफीको मूल्य भन्दा महँगो बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कफीको टे«डमार्क बनाउने विषय त्यत्तिकै छ । सरकारले कफीको टे«डमार्क लिएर बसेको छ । अन्तर्राष्ट्रिय बजारमा जानको लागि व्यवसायीहरुलाई सरकारले टे«डमार्क दिँदैन । इन्स्सोरेन्समा जाँदा जाँदै व्यवसायीहरु थाकिसक्यौं । राज्यले नेपाली कफीको उत्पादनदेखि बजारीकरणसम्म केही गर्नसकेको छैन । कफी निर्यात गर्ने निर्देशिक बनेको छ । नेपाली ग्रिन कफी निर्यात गर्ने गुणस्तर मापदण्ड पनि बनेको छ । नेपालमा उत्पादन भएको कफीमा पनि राज्यले कर लगाएको छ । कफी उत्पादन गर्न कुनैपनि सहुलियत नदिने अनि नेपाली उत्पादनमा कनि भ्यान लगाउने काम गर्नुभएन । स्वदेशी कफीलाई प्रोत्साहन गर्न चाहेको भए राज्यले आयात हुने कफीको मूल्य नेपाली उत्पादन भन्दा महँगो बनाउनु पर्छ ।’

उहाँले नेपालको कफी खेतीविधि प्रणाली,हावापानी र प्रशोधनले कफीको स्वादमा विशिष्टता प्रमाणित भइसकेको बताउनु भयो । अग्र्यानिक पद्धतीबाट सबै ठाउँको प्रमाणित नभएकाले नेपाली कफी अर्गानिक पद्धतिको मानिने गरेको उहाँको भनाई छ । उहाँले अन्तर्राष्ट्रिय रुपमा कपको गुणस्तर पहिचान गर्दा नेपाली कफीले ८० अंक भन्दा बढी अंक प्राप्ताङ्क ल्याएर उच्च गुणस्तरयुक्त कफीको रुपमा प्रमाणित भएको बताउनु भयो । नेपालमा उत्पादन भएको कफी कपिङ गरेर हेर्दा ८० प्रतिशत भन्दा बढी नै अंक आएको छ । पूर्वको इलामदेखि पश्चिमको डडेलधुरासम्म जाँदा पनि मध्य भेगका सबै ठाउँमा कफी खेती गरेको देखिन्छ । अनुसन्धान,नीति,जागरणको कमी,लगानीले नभेट्ने र मार्ग निर्देशकको अभावका कारण अपेक्षाअनुरुप कफी फलाउन नसकेको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय बजारमा धेरै ठूलो माग भनेपनि कफी उत्पादनभित्रका व्यथा धेरै रहेको बताउनु भयो । महासचिव पोखरेलले कफी उत्पादनमा नेपाल नयाँ देश भएकाले प्रोत्साहन स्वरुप विदेशीहरुले कफी खरिद गरेको बताउनु भयो । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको ब्राण्ड खडा गर्न धेरै समस्या रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग २० टन भयो भने दिनसक्ने अवस्थामा छैन । नेपालको कफी पनि चाखेर हेरौं भनेर किनेका हुन् । अर्को नेपालको हिमाल बिकेको छ । नेपालको कथाव्यथा,हातले बनाएको,साना किसानबाट उत्पादन,अर्गानिक फार्मिङ भनेका छौं । यता जलवायु परिवर्तनका हिसाबमा नेपाल कार्बनलाई उत्सर्जन गर्ने ग्रिनरीको रुपमा रहेको भनेकाले कथा मिल्न गएको छ । महिलाले उत्पादन गरेको भन्दै कथा बिकेकाले नेपाली कफी धन्न बिकेको छ । अन्तर्राष्ट्रिय बजारमा व्यवसायिक रुपमा एक कन्टेनर माग भयो भने उनीहरुको मापदण्डअनुसार निर्यात गर्न धेरै समस्या छ । कफीको विषयमा जसरी सजिलै बोल्छन् । उनीहरुको कफीमा लगानी वा झुकाव छैन । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको ब्राण्ड खडा गर्न धेरै समस्या छ । गत वर्षको कफी उत्पादन हेर्दा ३ सय ९४ मेट्रिक टन जति देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को उत्पादन आउँदा ५ सय मेट्रिक टन क्रस गर्दैछौं । मौसमले पनि साथ दिएको वर्ष छ । कोभिडपछि कफी उत्पादनको प्लानटेसनमा प्रोत्साहन गरेका थियौं । सरकारले पनि आफ्नो ठाउँबाट केही गरेको छ । राष्ट्रिय कफी विकास बोर्डको क्षेत्र विकास कार्यक्रम अन्तर्गत उहाँहरुले चक्लाबन्दी भन्नुभएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत ६ जिल्लालाई कफी जोनको रुपमा लैजाने काम भएको छ ।’

उहाँले मुलुकमा कफीको माग २४ सय मेट्रिक टन रहेको बताउनु भयो । उहाँले १९ सय मेट्रिक टन भारत लगायत तेस्रो मुलुकबाट कफी आउने गरेको बताउनु भयो ।

‘आन्तरिक उत्पादन ५ सय मेट्रिक टन भर्खर कुरा गरेका छौं तर मुलुकमा कफीको माग २४ सय मेट्रिक टन छ । बाँकी १९ सय मेट्रिक टन भारत लगायत तेस्रो मुलुकबाट आउँछ । कमसल गुणस्तरको कफी आएको छ ।’ उहाँले थप्नुभयो ‘त्यो कफीलाई हामीले संस्थागत बनाउन सकिरहेका छैनौं भने नियन्त्रणमा पनि लिन सकेका छैनौं । नेपाली कफीको नाममा नेपालमा पुन प्याकेजिङ भएर अनैतिक तरिकाले केही निहित वर्गका व्यापारीहरुले नाफा कमाउने उद्देश्यले त्यस्ता कफीलाई प्रवेश गराउने काम भएको छ ।’

सरकारको तथ्याङ्क हेर्दा साढे ३ सय मेट्रिक टन कफी आयात भएको देखिएपनि नेपालको उत्पादन ५ सय मेट्रिक टन मात्रै हो । तर नेपालमा कफीको माग २४ सय मेट्रिक टन रहेको छ ।

न्युज एजेन्सी नेपाल