१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ ।

रौतहट जिल्ला अदालतमा आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएपनि फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।

७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप आलममाथि छ । घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो ।