२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

बाघ–गैँडाको आक्रमणबाट मानवीय क्षति बढ्दै, तीनको मृत्यु

बाघ–गैँडाको आक्रमणबाट मानवीय क्षति बढ्दै, तीनको मृत्यु
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव–वन्यजन्तु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुमाउनाका साथै चार जना घाइते भएका छन् ।

चितवनको तामासुर पोष्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ । त्यस्तै  बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका–६ नौलोबाँस इलाका सामुदायिक वनमा भैसी चराउन गएका लालबहादुर चौधरीको पनि बाघको आक्रमणमा परी निधन भएको छ । बर्दियाकै मधुवन नगरपालिका–३ भगडैयास्थित राष्ट्रिय वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी २६ वर्षीया रीना सुनारको निधन भएको त्यहाँ तैनाथ देवीदत्तगणले जनाएको छ ।

चितवन, बर्दिया र कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रका चार बासिन्दा फागुनमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका छन् । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि चरन र आहारको खोजीमा  जङ्गली जनावर मध्यवर्ती र बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षतिका घटनामा वृद्धि भएको अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिका–७ का मङ्गलबहादुर कुँवर र रत्ननगर नगरपालिका–७ की फिरला महत गैँडाको आक्रमण तथा बर्दिया गेरुवा नगरपालिका–१ का सरोज कार्की बाघको आक्रमणमा परी घाइते भएको सेनाले जनाएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–११ की कविताकुमारी उराँवलाई पनि खेतमा घाँस काट्न जाने क्रममा अर्नाले हानेर घाइते तुल्याएको थियो ।

बाघ, गैँडा र हात्तीको मृत्यु

चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन  गैँडा तथा एकएक बाघ र हात्ती  मरेका छन् । निकुञ्ज क्षेत्रमा १५  चित्तल, दुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जनाएको छ ।

सो अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकएक निर बिरालो, घोरल र  सेतो बाँदर तथा  शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए । 

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक लङ्गुर र दुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच चित्तल, दुईदुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुवा र  चरीबाघ सवारी साधनको ठक्कर र जङ्गली कुकुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए । रासस