२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

इमरान हाशमीले किने भारतको सबैभन्दा महँगो कार

इमरान हाशमीले किने भारतको सबैभन्दा महँगो कार
अ अ+ अ-

एजेन्सी । फिल्म टाइगर ३ को सफलतापछि इमरान हाशमीले आफूलाई लग्जरी उपहार दिएका छन् । यो उपहार भारतको सबैभन्दा महँगो रोल्स रोयस कार हो, जसको हालको मूल्य १२ करोड २५ लाख भारु छ ।

रिपोर्टका अनुसार, ४४वर्षीय इमरान हाश्मीले जनवरी ११ मा रोल्स रोयस घोस्ट ब्ल्याक बेज किनेका थिए, जुन उनले जनवरी १२ मा डेलिभरी गरे । कार पाएपछि इमरान मुम्बईमा आफ्नो नयाँ कारमा देखिएका थिए ।

टाइगर ३ का अभिनेता इमरान हाशमीलाई लग्जरी कार मनपर्छ । उनको कार संग्रहमा लगभग सबै लक्जरी कारहरू छन् । उनको कलेक्सनमा २ करोड ३० लाख रुपैयाँको मर्सिडिज मेब्याक एस ५६० छ । ३ करोड ७९ लाखको ल्याम्बोर्गिनी हुराकान, १ करोड ५८ लाखको अडी ए८, २ करोड ४१ लाखको ल्यान्ड रोभर रेन्ज रोभर भोग र २ करोड ८० लाखको ल्याम्बोर्गिनी ग्यालार्डो पनि उनीसँग छ ।

इमरान हाश्मी गत वर्ष दुई फिल्म सेल्फी र टाइगर ३ मा देखिएका थिए । अहिले उनको खातामा तमिल फिल्म ओजी छ । अहिले यो चलचित्रको छायांकन चलिरहेको छ ।

२०२३ मा रिलिज भएको फिल्म टाइगर ३ मा इमरान हाशमीले आईएसआई जनरल आतिश रहमानको शक्तिशाली भूमिका निभाएका थिए । अब उनी छिट्टै फिल्म ‘डन–३’ मा खलनायकको भूमिकामा देखिने खबर बाहिर आएको छ ।

फिल्म डन–३ मा रणवीर सिंह मुख्य भूमिकामा देखिनेछन् जसको साथमा इमरान नकारात्मक भूमिकामा देखिनेछन् । यद्यपी यसबारे निर्माता वा इमरानबाट कुनै आधिकारिक पुष्टि भएको छैन ।