५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप सदस्यसचिवको टुङ्गो नलाग्दा खेलकुद क्षेत्र ठप्प



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतका तीन सङ्घले राखेपको कार्यकारी प्रमुखको विषय टुङ्गो नलाग्दा नेपाली खेलकुद ठप्प बनेको बताएका छन् । राखेपको कार्यकारी प्रमुख सदस्य सचिवसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन हुँदा परिषद्मा कार्यरत प्रशिक्षक, कर्मचारीलगायत सम्बन्धित सबैको काम प्रत्यक्षरुपमा असर परेको र खेलाडीहरुको प्रशिक्षणमा गम्भीर असर परेको ती सङ्घले बताएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, नेपाल ओलम्पियन सङ्घ र राष्ट्रिय  खेलकुद परिषद्–कर्मचारी सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सदस्य सचिवको बर्खास्ती र नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ समयमा हुन नसक्दा समग्र खेलकुद नै अनिर्णयको बन्दी बनेको बताएका छन् । परिषद्को संरचनामा सदस्य सचिव नै सबैभन्दा प्रमुख व्यक्ति भएकाले परिषद्का हरेक गतिविधि प्रभावित भएको भन्दै विज्ञप्तिमा यसै वर्ष चीनमा हुने एसियाली खेलकुदको तयारी, नवौँ राष्ट्रिय खेलकुदको आयोजना, १४औँ दक्षिण एसियाली खेलकुद (साग) र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि दैनिक कामकाज ठप्प भएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, “परिषद्ले नियमित काम गर्न नसकेको अवस्थामा यसलाई नियमित काममा फर्काउनका लागि नेपाल सरकार र सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौँ, अझै पनि यस्तै शून्यताले निरन्तरता पाउने हो भने यसले समग्र खेलकुदमा नै ठूलो नकारात्मक प्रभाव पर्नेछ ।” रिटको शीघ्र किनारा लगाउन सर्वोच्च अदालतसमक्ष आग्रह गर्दै खेलकुदका प्रत्यक्ष सरोकारवाला संस्थाहरु आफ्नो हक अधिकारको प्रयोग गरी बिहीबार परिषद्बाटै शान्तिपूर्ण विरोध कार्यक्रम गर्न लागिएको विज्ञप्तिमा बताइएको छ ।