२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भारतले अफगानिस्तानलाई ६ विकेटले हरायो, सिरिजमा १-० को अग्रता

भारतले अफगानिस्तानलाई ६ विकेटले हरायो, सिरिजमा १-० को अग्रता
अ अ+ अ-

एजेन्सी । भारतले अफगानिस्तान विरुद्धको टी–२० सिरिजको पहिलो खेल ६ विकेटले जितेको छ । भारतले अफगानिस्तानविरुद्धको अपराजित कीर्तिमान कायम राखेको छ । टी-२० मा अफगानिस्तानमाथि भारतको यो पाँचौं जित हो ।

यो जितसँगै भारतीय टोलीले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल १४ जनवरीमा इन्दौरमा हुनेछ ।

मोहालीमा बिहीबार भएको खेलमा भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले १७.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

शिवम दुबेले अविजित ६० रन बनाए भने जितेश शर्माले ३१ रनको इनिङ खेले । ओपनर शुभमन गिलले २३ रन र तिलक वर्माले २६ रनको योगदान दिए । बलिङमा मुकेश कुमार र अक्षर पटेलले २–२ विकेट लिए ।

पावरप्लेमा अफगानिस्तानले रोहितको रनआउट र माजिबको विकेटले दबाब सिर्जना गरेको थियो । एक समय टीम इन्डियाको स्कोर २८ रनमा दुई विकेट थियो ।

तर मध्य ओभरमा आएका अफगान बलरले पावरप्लेमा सिर्जना भएको दबाबको फाइदा उठाउन सकेनन् र तिलक र शिवम दुबेले टोलीलाई समस्याबाट निकाल्न सफल भए । दुवैले तेस्रो विकेटका लागि ४४ रनको साझेदारी गरे ।

दुबेले जितेश शर्मासँग ४५ रन जोडेर साथ दिए । अन्त्यमा फिनिसर रिंकु सिंहले केही राम्रा प्रहार गरे । उनले ९ बलमा १६ रनको इनिङ खेले ।

टस हारेर पहिले ब्याटिङमा आएको अफगानिस्तानको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले पहिले ८ ओभरमा बिना कुनै विकेटको ५० रन बनाएको थियो तर टोलीले नवौं र दशौं ओभरमा गुरबाज र जद्रानको विकेट गुमाएको थियो ।

इब्राहिम जद्रान र रहमानउल्लाह गुरबाजको जोडीले पहिलो ६ ओभरमा ३३ रन मात्र जोड्न सके । अक्षरले आठौं ओभरमा गुरबाजको विकेट लिएर यो साझेदारी तोडेका थिए । ९औं ओभरमा जद्रान फर्किए र त्यसपछि १० औं ओभरमा अक्षर पटेलले रहमत शाहलाई ३ रनमा बोल्ड गरे ।

यहाँबाट मोहम्मद नाबी आए र अजमातुल्लाह ओमरजाईसँग अर्धशतकीय साझेदारी गरे । नाबी र ओमरजाईबीच चौथो विकेटका लागि ४३ बलमा ६८ रनको अर्धशतकीय साझेदारी भएको थियो । यो साझेदारीमा ओमरजाईले १८ बलमा २६ रन बनाए भने नाबीले २५ बलमा ४१ रन जो डे। ओमरजाई २९ रन बनाएर आउट भए भने नाबी ४२ रन बनाएर आउट भए । नजिबुल्लाह जद्रान १९ रन र करिम जनात ९ रनमा अविजित रहे ।

नाबीको इनिङ्सले अफगानिस्तानलाई बल दियो । जसका कारण अफगानिस्तानले भारत विरुद्धको टी–२० मा सर्वाधिक रन बनायो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको हो ।

१५९ रनको लक्ष्य पछ्याउन आएको भारतीय टोलीले शून्य रनमा पहिलो विकेट गुमाएको थियो । यहाँ भारतीय कप्तान रोहित शर्मा इनिङ्सको दोस्रो बलमा खाता नखोल्दै आउट भए । यस्तो अवस्थामा शुभमन गिल र तिलक वर्माले इनिङ्सलाई अगाडि बढाए ।

पावरप्लेको अन्त्यसम्ममा भारतीय टोलीले ३६ रनमा दुई विकेट गुमाएको थियो। गिल (२३ रन)लाई विकेटकिपर रहमानउल्लाह गुरबाजले स्टम्प गरेका थिए । त्यसपछि ९औं ओभरमा तिलक वर्मा (२६ रन)लाई गुलबदिन नाइबले क्याच आउट गरे । दुबेले वर्मासँग ४४ रनको साझेदारी गरे ।

त्यसपछि जितेश शर्माले दुबेलाई साथ दिए । जितेशले २० बलमा ३१ रनको इनिङ खेल्दै स्कोरलाई गति दिए र दबाब मुक्त गरे । १४ औं ओभरमा जितेश शर्माको विकेट मुजिब उर रहमानले लिए । तिलकको विकेटपछि रिंकु सिंह आए र अन्तिमसम्म रहे । १८औं ओभरमा शिवम दुबेले छक्का र चौका प्रहार गर्दै टीम इन्डियालाई जित दिलाए । उनले ४० बलमा ६० रनको अविजित इनिङ खेले । रिंकुले ९ बलमा १६ रन बनाए ।