२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भगवान रामलाई ‘मासु खाने’ भनेको फिल्मलाई नेटफ्लिक्सले हटायो

भगवान रामलाई ‘मासु खाने’ भनेको फिल्मलाई नेटफ्लिक्सले हटायो
अ अ+ अ-

एजेन्सी । साउथकी चर्चित अभिनेत्री नयनताराको फिल्म ‘अन्नपूर्णी’को विवाद बढ्दै गएको छ । एकातिर अभिनेत्री नयनताराविरुद्ध एफआइआर दर्ता भएको छ भने अर्कोतर्फ अभिनेत्रीको फिल्म नेटफ्लिक्सबाट डिलिट गरिएको छ ।

डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएपछि अभिनेत्री नयनताराको ‘अन्नपूर्णी’ अब ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो । फिल्म रिलिज भएको करिब एक महिना नबित्दै देशभर फिल्मलाई लिएर हंगामा सुरु भएको छ ।

फिल्ममा भगवान रामको बारेमा आपत्तिजनक टिप्पणी गरिएको भन्दै धेरैको धार्मिक भावनामा चोट पुगेको बताइएको छ ।

यस फिल्ममा भगवान श्रीरामलाई मासु खाने व्यक्तिको रूपमा वर्णन गरिएको छ, जसका कारण यो फिल्म लगातार विवादमा परेको छ । नीलेश कृष्णले निर्देशन गरेको ‘अन्नपूर्णी’ मा नयनताराले अन्नपूर्णीको भूमिका निभाएकी छिन् । अन्नपूर्णी पुजारीकी छोरी हुन् । उनी सानैदेखि शेफ बन्न चाहन्छिन् ।

फिल्मको एक दृश्यमा तालिमको क्रममा अन्नपूर्णी भान्साको काम पूरा गर्न नसकेर बेहोस भइन् भन्ने देखाइएको थियो । यस्तो अवस्थामा फरहानले उनलाई सम्झाउँदै रामायणको उदाहरण दिन्छन् ।

उनी भन्छन्, ‘रामायणमा वाल्मीकिले भनेका छन् कि जब भगवान राम, सीता र लक्ष्मण जङ्गलमा भोकाएका थिए, उनीहरूले जनावरहरूलाई मारेर खाए । रामायणमा पनि मासु खाएको लेखिएको छ ।’

नयनतारा र निर्देशक-निर्माता र नेटफ्लिक्स इन्डिया कन्टेन्ट हेड मोनिका शेरगिल विरुद्ध मुद्दा दर्ता गरिएको छ । जबलपुरमा एक हिन्दू संगठनले फिल्मको सम्पूर्ण स्टार कास्ट, निर्माता र निर्देशक विरुद्ध एफआईआर दर्ता गरेको छ ।