२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी बनाउनेको सङ्ख्या बढ्यो



अ+ अ-

काठमाडौं । विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक वर्ष राहदानी बनाउनेको सङ्ख्या घटेको थियो तर कोरोना भाइरस सङ्क्रमण मत्थर हुँदै गएपछि डेढ महिना यतादेखि राहदानी बनाउनेकोे सङ्ख्या बढ्न थालेको हो ।

राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले भने, “राहदानी बनाउने बढेका होइनन् तर पुरानै अवस्थामा राहदानी बनाउनेको सङ्ख्या कायम हुन थालेको हो ।”उनका अनुसार विगतमा जस्तै अहिले दैनिक ४५ हजार जति राहदानी बन्न थालेको छ । विभागमा अहिले राहदानी बनाउनेसँगै राहदानी नवीकरण गर्नेको सङ्ख्या पनि धेरै हुने गरेको छ । उनले पुरानो राहदानीको म्याद सकिँदा कुनै पनि थप शुल्क वा जरिवाना नलाग्ने प्रस्ट्याए ।

उनले थपे, “म्याद सकिएको १५ वर्षपछि राहदानी बनाउन आउँदा पनि जरिवाना लाग्दैन ।” विगत एक वर्षमा तीन लाख ९८ हजार ८४२ ले राहदानी बनाएका थिए, जसमध्ये विभागबाट एक लाख ४१ हजार ३०५, जिल्लाबाट दुई लाख ४४ हजार ५८७ र विभिन्न वैदेशिक मिसनका कार्यालयबाट १२ हजार ९५० वटा राहदानी जारी भएका थिए । गोरखापत्र दैनिकमा समाचार छ ।




भर्खरै