५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई परीक्षा नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव



अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) हटाउनु नहुने बताएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) हटाउनु नहुने बताउनुभएको हो ।

उहाँले विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीहरुको गुणस्तर खस्किने बताउनु भयो । उहाँले एसइइ हटाउँदा विद्यार्थीहरुले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताउनु भयो । अध्यक्ष शर्माले कक्षा ८ पछि एकैपटक १२ कक्षामा परीक्षा लिँदा विद्यार्थीहरुको उत्तिर्ण हुने दर घट्ने बताउनु भयो । उहाँले कक्षा १० मा अनुत्तिर्ण हुने विद्यार्थी पुन: भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा विद्यार्थी अनुत्तिर्ण भए उमेरको कारणले पनि पुन: पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताउनु भयो । उहाँले कक्षा १० मा परीक्षा आवश्यक रहेको बरु कक्षा १० को परीक्षा केन्द्रले नगरिकन प्रदेश तहले गर्नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा कुनै रिसर्च बिना त्यत्तिकै १० कक्षाको परीक्षा हटाइदिउँ भनेर कसरी भन्न सकियो ? विधेयक बनाउने प्रक्रियामा यो प्रश्न मैले गर्न चाहेँ । एसइइ हटाएपछि फेरि नयाँ विद्यार्थीहरुले परिक्षा राम्रो गर्छन् भन्ने विश्वास मलाई छैन । म राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको हैसियतले यो कुरा भन्छु कि हामीले कक्षा ८ पछि एकैचोटी १२ को मात्रै बोर्ड परीक्षा लिने हो भने कक्षा १० देखि १२ सम्म अहिले ५० प्रतिशत विद्यार्थी पास भएका छन् ।’

‘भोलि यदी हामीले १० कक्षामा परीक्षा लिएनौँ भने ति ५० प्रतिशत पास हुने विद्यार्थी २०/३० प्रतिशतमा झर्छन् । झन १२ कक्षामा गइसकेपछि ति विद्यार्थीहरुको मनोविज्ञान ? अहिले त कक्षा १० मा फेल भएपनि उनीहरु पढ्छन् अझै । किनभने उमेरको कारणले । तर १२ मा फेल भएभने विद्यार्थी फेरि भर्ना भएर पढ्दैनन् । यो मनोवैज्ञानिक कुरा पनि हेर्नुपर्छ । मेरो कुरा के छ भने कक्षा १० को परीक्षा आवश्यक छ । तर कक्षा १० को केन्द्रले गर्न आवश्यक छैन । प्रादेशिक रुपमा गर्ने । प्रदेशले त्यो सबै कुराहरु गर्ने । तर गुणस्तर मापनको कुरा कायम गर्न आवश्यक छ ।’

उहाँले कोभिड १९ को महामारीपछि कक्षा ११ को परिक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखको उल्लेख गर्दै सो कक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण भइराखेका बताउनु भयो । कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तिर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि पनि प्रश्न उठ्ने उहाँको भनाई छ ।