५ मंसिर २०८१, बुधबार
,
Latest
अन्तर वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी विश्व च्याम्पियनसिपका लागि ढुक्क भएर तयारी थाल्नुस्–सदस्य सचिव घिसिङ वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यकः भौतिकमन्त्री दाहाल अलराउन्डर वरीयतामा हार्दिक पाण्ड्या शीर्षस्थानमा, दिपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरको मेयरमा २० जना भिड्ने (नामसहित) काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन खेल कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह स्वीडेन र नेपालबीच दुईपक्षीय कार्बन व्यापार हुने सरकारसँग एन्फा एकेडेमी घटना पिडित परिवारको मागः ‘क्षतिपूर्ति होईन, हामीलाई न्याय चाहियो’ कांग्रेस–एमालेको गठबन्धन स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति बनेको होः कमल थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाम र तस्वीर सार्वजनिक गर्नेमाथि गौशाला-२६ले दिईन् प्रहरीमा उजुरी



अ+ अ-

काठमाडौं । गौशाला-२६ (परिवर्तित नाम) ले आफ्नो पहिचान खुलाउने प्रयास गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

सामाजिक सञ्जालमा वास्तविक नाम र तस्बिरहरु सार्वजनिक भएपछि पीडित गौशाला-२६ले ब्युरोमा उजुरी गरेकी हुन् ।

बुधबार जिल्ला अदालत, काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर गर्दै ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडितको विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

साइबर ब्युरोले यसबारे अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।

तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक भएपछि गौशाला-२६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।

यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर प्रहरीले गोप्य राख्ने गर्छ । पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ।