२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल प्रतियोगिता: आर्मीलाई हराउँदै गण्डकी तेस्रो



अ+ अ-

सुर्खेत । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ ।

आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

पहिलो सेट गण्डकीले २५–२२ अङ्कले जित्यो । दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । उक्त सेटमा आर्मी २६–२४ अङ्कले विजयी भयो । तेस्रोमा गण्डकीले २६–२४ अङ्कले बाजी मार्यो । २४–२४ अङ्कको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अङ्क दिलाएपछि जित सहज भयो । चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो । उक्त सेट गण्डकीले २५–२२ अङ्कले जित्यो ।

आजै उपाधिका लागि दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् ।