२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

रोयल एम्पायर बुटिक होटेलमा महिलालाई ‘५० प्रतिशत छुट’

रोयल एम्पायर बुटिक होटेलमा महिलालाई ‘५० प्रतिशत छुट’
अ अ+ अ-

काठमाडौं। विगत चारवर्षदेखि राजधानीको गैह्रीधारा, बालुवाटारमा दरवार शैलीमा सञ्चालित ‘रोयल एम्पायर बुटिक होटेल’ले आन्तरिक पर्यटकलाई आर्कषित गर्न विभिन्न नयाँ र नौलो प्याकेज अघि सारेको छ । कोरोनाको विश्वव्यापी महामारीपछि गएको पुस महिनादेखि विभिन्न नयाँ÷नयाँ प्याकेजका साथ सो होटेल पुनः सञ्चालनमा आएको हो ।          
तत्कालीन श्री ३ महाराज जुद्धशमसेर जंगबहादुर राणाले करीव सय वर्ष अगाडी गैह्रीधारा, बालुवाटारमा बनाएको ‘ध्रुब दरवार’ नै चारवर्ष अघि ‘रोयल एम्पायर बुटिक होटेल’ मा परिवर्तन गरि राजषि ठाँटका साथ सञ्चालनमा आएको हो । 

युवा पर्यटन व्यवसायी क्षितिज मुनंकर्मी सहितको सानो समूहद्वारा करीव १५ करोडको लगानीमा तयार गरिएको उक्त होटेल देशभरीका अन्य होटेलहरु भन्दा फरक शैलीमा सञ्चालित रहेको छ । परम्परागत राणाकालीन दरवारकै शैलीमा जिर्णोद्धार गरि नयाँ दरवार झैं लाग्ने गरि पुनर्जीवन दिइएको सो दरवार (होटेल)हेर्न र त्यहाँ बस्नका लागि स्वदेशी र विदेशी पर्यटक आउने गरेका छन् । कोरोनाको महामारीपछि पुनः सञ्चालनमा आएको उक्त होटेलले दुई महिनाको छोटो अवधिमै आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुटका साथ विभिन्न नयाँ प्याकेजहरु अघि सारेको होटेलका प्रमुख कार्यकारी अधिकृत क्षितिज मुनंकर्मी बताउँछन् । 

राजषि शैलीका १५ कोठामध्ये १३ कोठाहरु बस्नको लागि र २ वटा कोठालाई आकर्षक सभाहल मार्फत आफ्ना ग्राहकहरुको मन जित्दै आएको उक्त होटेलले पछिल्लोपटक हरेक बुधबार ती १३ वटा कोठा महिलाहरुको लागि भनेर ५० प्रतिशत छुटमा दिने व्यवस्था मिलाएको छ । गएको मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर होटेलले हरेक बुधबार महिलाहरुलाई ५० प्रतिशत छुटमा कोठा उपलव्ध गराउन थालेको होटेल सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत मुनंकर्मी बताउँछन । 

दरवारमा राजषि ठाँटमा बसेको अनुभव गराउने उक्त होटेलको अति सुविधा सम्पन्न एउटा कोठाको एकदिनको मूल्य १० हजार रहेको छ भने बुधबार महिलाहरुले सो कोठाको ५ हजार रुपैयाँमात्रै तिरे पुग्छ । यसको साथै उक्त होटेलले १० हजार रुपैयाँदेखि बर्थडे प्याकेज अघि सारेको छ भने सस्तो मुल्यमा अर्गानिक ब्रेकफास्ट देखि बफे खाना समेतको व्यवस्था पनि गरेको छ । मुलुकमा आधुनिक र सुविधासम्पन्न तारे होटलहरु खोल्दै विदेशी पर्यटक लोभ्याउँने गरेको वर्तमान समयमा युवा व्यवसायी मुनंकर्मी सहितको सानो समूहले ऐतिहासिक महत्व बोकेको राणाकालीन पुरानो दरवारलाई मर्मत सम्भार र जिर्णोद्धार गरी नयाँ र आकर्षक शैलीमा होटेलको रुपमा विकास गरेको हो । 

करीव १५ करोड रुपैयाँको लागतमा तयार गरिएको सो होटेलमा नेपालको राणाकालदेखि शाहीकालसम्मका राजाहरुको इतिहासलाई तस्वीरमार्फत जीवन्त राख्ने प्रयास गरिएको छ ।
ऐतिहासिक धरोहर, सम्पदा, पाटीपौवा तथा दरवारहरु क्रमशः भत्किँदै र नस्ट गरिँदै गएको वर्तमान अवस्थामा मुनंकर्मीले मौलिक संस्कृति र ऐतिहासिक दरवारलाई संरक्षण र सम्वद्र्धन गर्दै त्यसको स्वरुपलाई नबिगारी होटेलको रुपमा विकास गरिनुलाई सबैले सकारात्मक रुपमा लिएका छन । 
जुद्धशमसेरले आफ्ना छोरा ध्रुव शमशेरलाई अंशको रुपमा उपहार दिएको हुनाले सो दरवार ध्रुव दरवार को नाउँमा परिचित रहेको होटेलका प्रमुख कार्यकारी अधिकृत मुनंकर्मी बताउँछन ।

दरवारको भित्री कोठाहरुलाई पुर्णरुपमा दरवारकै शैलीमा आधुनिक बनाइएको छ भने बाहिरी रुपलाई जस्ताको तस्तै रंगरोगन गरिएको छ । जिर्ण अवस्थामा रहेको ध्रुव दरवारलाई मर्मत सम्भार र जिर्णोद्धार गरेपछि त्यसको रुपमा आकास जमीन फरक भएको मुनंकर्मी बताउँछन् । भूँईतल्ला, पहिलो र दोस्रो तल्लामा गरि १५ वटा सुविधासम्पन्न पाहुना कोठाको साथै ३०० जना अट्ने सभाहल, रेष्टुरेण्ट, बार, साउना, ज्याकुजी, स्टिम, घोडचढी लगायतका करीव दुईदर्जन सेवा सुविधा उपलब्ध छन । 
यो होटेलमात्र नभएर क्राउन मल्टी कुजिन पनि उपलब्ध रहेको हुँदा होटेलमा रात विताउनेमात्र नभई सभा सम्मेलन, गोष्ठीदेखि विवाह, व्रतवन्धलगायतका सामाजिक र उत्सवका लागि ५ सय जना अट्नसक्ने क्षमताको सभाहल पनि रहेको छ ।