२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले अफगानिस्तानविरुद्धको पहिलो टी–२० नखेल्ने



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट टीमका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले अफगानिस्तानविरुद्धको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् ।

कोहलीले बिहीबार मोहालीमा हुनलागेको भारत र अफगानिस्तानबिचको पहिलो टी–२० खेल नखेल्ने भएका हुन् ।

व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिएका भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिए । कोहलीले सिरीजका बाँकी दुई खेल भने खेल्नेछन् । दोस्रो खेल जनवरी १४ र तेस्रो खेल जनवरी १७ तारिखमा खेलिने छ ।

कोहली र रोहित शर्मा सन् २०२२ को टी–२० विश्वकपपछि पहिलो पटक भारतको टी–२० टोलीमा फर्किएका हुन् । केही पूर्वक्रिकेटरले रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा फिर्ता बोलाउने निर्णयको आलोचना गरेका छन् । भारतीय टोलीका पूर्व खेलाडी दीप दासगुप्ताले रोहित र कोहली पुन: टी–२० टोलीमा फर्कँदा युवा खेलाडीहरू ओझेलमा पर्ने बताएका छन् ।

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपअघि भारतले अन्तिम टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृंखलालगत्तै भारतीय टोलीले इङ्ल्यान्डसँग पाँच खेलको टेस्ट शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।