११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने



अ+ अ-

सुर्खेत । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराँउदै पुलिस फाइनलमा पुगेको हो ।

विभागिय डर्बीमा पुलिसले आर्मीलाई २५–२१, २५–२३ र २५–१९ ले हरायो ।

अब पुलिसले उपाधिका लागि साविक विजेता एपिएफको सामना गर्नेछ । फाइनल खेल भोलि बिहिबार हुनेछ ।