२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराबाट पाल्पा जाँदै गरेको जिप भिमादमा दुर्घटना, दुई जनाको मृत्यु



अ+ अ-

काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान पोखराबाट पाल्पा जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १०–१२ जना यात्रु सवार रहेका बताईएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको थप विवरण आउन बाकी छ ।