२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामबहादुर बम्जनको घरबाट ३ करोड बरामद



अ+ अ-

काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ ।

हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका बम्जनको घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिईन् ।

बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् । त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ ।