११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

हारेकालाई राष्ट्रियसभामा उम्मेदवारी दिनेकुरा राजनीतिक व्यवस्थामाथिकै गम्भिर प्रहार: रवि लामिछाने

हारेकालाई राष्ट्रियसभामा उम्मेदवारी दिनेकुरा राजनीतिक व्यवस्थामाथिकै गम्भिर प्रहार: रवि लामिछाने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा हारेका काँग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंंगा प्रहार भएको जिकीर गर्दै त्यसप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले निर्वाचनमा हारेकाहरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भिर प्रहार भएको बताउनु भयो । राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा पनि यो राजनीतिक प्रणालीमाथिको गम्भिर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाई थियो ।’

‘सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम) को आधारमा चयन गर्नुपर्ने प्रश्ताव गर्नुभयो । संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने उहाँको माग थियो । सभापति लामिछानले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी मान्यता भएको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको हाईज्याकलाई रोक्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ल आज चुनाव हारेका मान्छेहरु राष्ट्रिय सभामा ठाँटले यही कार्यकाल चुनाव हारेका मान्छेहरु उठिरहेका छन् । मैले उदाहरण दिएको यहाँहरुलाई । तर हामी अपm्ठ्यारो नमान्नु होला माननीयज्यीहरु । तपाईहरुले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ । मलाई विश्वास छ–यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं । तर त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदा खेरी व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेरी यहाँहरुले गर्ने प्रतिवाद खोइ त ? त्यसकारण कानूनमा उस्तै परे संविधानमा व्यवस्था गरिनुपर्छ । मेरिट बेसमा मान्छे सेलेक्ट भयो भने उपस्थिति मात्रै होइन, कहिले बैठक राख्ने भनेर उपस्थित पनि हुन्छ । र एक दिन पनि रिक्त हुँदैन । यो सेलेक्सनको विधि भनेको विश्वव्यापी मान्यता हो ।’

‘त्यो मेरिट वेसमा पनि आफ्ना मान्छेहरु हुन्छन भन्नुभयो भने त्यस्तो नहुने कार्यविधि हामी बनाउन सक्दैनौं ? यतिमा जनताले विश्वास गरेर जिताएका हामी माननीयहरुले यो देशमा योग्यतम मान्छे छान्न सक्ने कार्यविधि बनाउन सक्ने हाम्रो क्षमता छैन ? के तपाई हामी आफ्नै क्षमतामाथि प्रश्न गरिरहेका छौं ? संयन्त्रको कुरा होइन, कानूनमा २ पाना थपिएर फरक पर्दैन, संविधानमा २० वटा पाना थपिएर फरक पर्दैन । देश, देशको अवस्था, राजनीतिक परिस्थिति यी सबै कुरालाई मध्यनजर गर्दा हामीले व्यवस्थालाई थिलथिलो बनाएका छौं । व्यवस्थालाई हाईज्याक गर्ने अवस्था हामी पुगिसक्यौ भने पछि फेरि संवैधानिक निकायका यस्ता ठाउँहरुमा हामीले देख्यौँ नि एक पटक प्रमुख प्रतिपक्ष दलको नेता आइदिनु भएन । अर्को पटक सभामुख आइदिनु भएन । यही कुरा निरन्तर भइरहन्छ भनेर यो बैठक बसेको हो । यसले उहाँहरुको नैतिकतामा प्रश्न गर्न मिल्दैन भनेको भए त यो लज्जास्पद विषयमा हामी बस्नै पर्ने थिएन नि । राष्ट्रको सबैभन्दा उच्च ओहोदामा बसेका मान्छेहरु आई दिएनन, कसरी ल्याउने भन्ने मात्रै हो र ? अब त सल्लाह गरेर आफ्नो राजनीतिक लाभहानीका लागि सल्लाह गरेर सर्वसम्मत गर्दा पनि कस्तो मान्छेहरुमा सर्वसम्मत गरिएको छ हेरौन ? मैले नाम लिइन । त्यस्ता मान्छेहरुको नाम लिएर भनिरहँदाखेरी पूर्वाग्रहको अवस्था रहला । तर मुलुकको विभिन्न क्षेत्रमा देखिएको यो बेथितिको कारण के त ? मेरिट नभएर होइन र ? चाहे विश्वविद्यालयको कुरा गरौं, चाहे संवैधानिक निकायको कुरा गरौं । त्यसकारण देशलाई मेरिट बेसमा लिएर जाने कुरा अझ यस्तो जिम्मेवार पदहरुमा मेरिट बेसमा मान्छेहरु ल्याउने कुरामा हामीले एकमत गर्न सक्यौं भने गणपूरकको समस्या पर्दैन ।’

‘एक दिन पनि पद रिक्त हुँदैन । देशलाई चाहिने मान्छे हो भने सबै जना सहमत हुन्छन् । तर पार्टीलाई चाहिने मान्छे भयो भने तपाईको पार्टीका लागि किन आइदिन्छ, आउदैन । यहाँ सिष्टमनै हाईज्याक भएको छ । यसलाई बचाउने हो भने व्यवस्थामाथि चिन्ता गरेको हो । कसले आक्रमण गर्‍यो व्यवस्थामाथि ? संवैधानिक परिषदको बैठकमा नआउनेले व्यवस्थामाथि आक्रमण गर्‍यो । देशलाई योगदान दिएको भन्दा आफ्नो पार्र्टीका लागि काम गर्न सक्ने मान्छे सिफारिस गर्ने कामले यो व्यवस्था माथि आक्रमण गर्‍यो । घाइतेभएर आएको छ व्यवस्था । त्यो घाइते भएको व्यवस्था, जसलाई ढुंगा खाएर, गोली खाएर तपाईहरु जस्ता साथीहरुले बचाएर ल्याउनुभएको थियो । त्यो लड्न लागेको व्यवस्थालाई फेरि ठूलो ढुंगा प्रहार भएर चुनाव हारेको मान्छेलाई यही कार्यकालमा फेरि तपाईहरुले ल्याउनु भएको छ राष्ट्रिय सभामा । यो व्यवस्थालाई हाईज्याक हुनबाट बचाऔं ।’

सभापति लामिछानेले विद्यमान व्यवस्था ल्याउनका लागि छातीमा गोली थापेकाहरुले यो व्यवस्थामाथि हाईज्याक हुन नदिन पनि अघि बढ्नुपर्ने बताउनु भयो ।