२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: भएको विद्युत विदेशमा बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभयो । उहाँले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने बताउनु भयो । उहाँले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत उत्पादन गरी बिक्री गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्य र हरित अर्थतन्त्र भनेको छ । अहिलेको भाषणमा प्रधानमन्त्रीदेखि अन्य नेताहले गर्ने र नसुहाउने भाषण हो । नेपालमा उत्पादन भएको बिजुली सबै विदेश पठाउनु हुन्छ । अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ ? हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्छ । विकास गर्नसक्छ । विद्युत यहाँ तपाईले सबै ठाउँमा प्रयोग गर्नुभयो भने सबै हरित अर्थतन्त्र भइहाल्छ । तर जति उत्पादन हुन्छ बिक्री गर्ने, जुन दिन हामीले हरित अर्थतन्त्रको विकास गर्छौं त्यसबेला बिक्री गरे हुन्छ नि ।’

‘हामीले निर्माण गर्न विदेशीहरुलाई दिएका ठाउँ छोड्ने हो भने म ति सबै खारेज गर्नुपर्छ भन्ने पक्षमा छु । सबै क्षेत्रमा साँच्चिकै हरित अर्थतन्त्र निर्माण गर्ने हो भने विदेशमा बिजुली बिक्री गर्ने होइन, नेपाल भित्रै खपत गर्नुपर्छ । त्यसले धेरै उत्पादन पनि दिन्छ । सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्छ । हरित अर्थतन्त्र भनेको बोटबिरुवा लगाउने अनि त्यसको पात काटेर ल्याएर विद्युत उत्पादन गर्ने भनेको हो । विद्युत प्रयोग गरेर कृषिदेखि नक्षत्रसम्म पुग्ने प्रयोग गर्नुपर्छ । प्रधानमन्त्रीले अहिले जसरी अनेक पटक भन्नुभएको छ, विद्युत विकास गरेर देशको विकास गर्ने । विद्युत अर्कालाई दिने अनि हरित अर्थतन्त्र निर्माण गर्न सकिन्छ ?’

सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्ने बताउनु भयो ।