११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: भएको विद्युत विदेशमा बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: भएको विद्युत विदेशमा बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभयो । उहाँले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने बताउनु भयो । उहाँले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत उत्पादन गरी बिक्री गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्य र हरित अर्थतन्त्र भनेको छ । अहिलेको भाषणमा प्रधानमन्त्रीदेखि अन्य नेताहले गर्ने र नसुहाउने भाषण हो । नेपालमा उत्पादन भएको बिजुली सबै विदेश पठाउनु हुन्छ । अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ ? हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्छ । विकास गर्नसक्छ । विद्युत यहाँ तपाईले सबै ठाउँमा प्रयोग गर्नुभयो भने सबै हरित अर्थतन्त्र भइहाल्छ । तर जति उत्पादन हुन्छ बिक्री गर्ने, जुन दिन हामीले हरित अर्थतन्त्रको विकास गर्छौं त्यसबेला बिक्री गरे हुन्छ नि ।’

‘हामीले निर्माण गर्न विदेशीहरुलाई दिएका ठाउँ छोड्ने हो भने म ति सबै खारेज गर्नुपर्छ भन्ने पक्षमा छु । सबै क्षेत्रमा साँच्चिकै हरित अर्थतन्त्र निर्माण गर्ने हो भने विदेशमा बिजुली बिक्री गर्ने होइन, नेपाल भित्रै खपत गर्नुपर्छ । त्यसले धेरै उत्पादन पनि दिन्छ । सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्छ । हरित अर्थतन्त्र भनेको बोटबिरुवा लगाउने अनि त्यसको पात काटेर ल्याएर विद्युत उत्पादन गर्ने भनेको हो । विद्युत प्रयोग गरेर कृषिदेखि नक्षत्रसम्म पुग्ने प्रयोग गर्नुपर्छ । प्रधानमन्त्रीले अहिले जसरी अनेक पटक भन्नुभएको छ, विद्युत विकास गरेर देशको विकास गर्ने । विद्युत अर्कालाई दिने अनि हरित अर्थतन्त्र निर्माण गर्न सकिन्छ ?’

सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्ने बताउनु भयो ।