५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित रोयले किने भारतको सबैभन्दा सानो कार



अ+ अ-

एजेन्सी । आजकल इलेक्ट्रिक कार चलनमा छ । बलिउड सेलिब्रेटीहरू पनि इलेक्ट्रिक कारतर्फ आकर्षित भएका छन् । हालै टिभी अभिनेता रोहित रोयले पनि इलेक्ट्रिक कार किनेका छन् । यो भारतकै सबैभन्दा सानो कार हो ।

‘खतरों के खिलाडी सिजन १३’ मा देखिएका रोहित रोयले आफ्नो कार कलेक्शनमा भारतको सबैभन्दा सानो कार समावेश गरेका छन्, जुन इलेक्ट्रिक कार हो ।

यो कार एमजी कोमेट इभी हो । अभिनेताले सेतो रंगको एमजी कोमेट किनेका छन् । अभिनेताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो चम्किलो कारसँगको तस्बिर सेयर गरेका छन् । अभिनेताले आफूले नयाँ कारबाट २०२४ सुरु गरेको बताए ।

रोहित रोयले लेखेका छन्, ‘यो भित्र धेरै फराकिलो छ र मुम्बईको सबैभन्दा भीडभाड भएको सडकमा पनि ड्राइभ गर्न सजिलो छ । यो चलाउन पनि सजिलो छ । ड्राइभरको सिटमा बस्ने बित्तिकै यो जान तयार हुन्छ ।’

यस मिनी कारको मूल्यको बारेमा कुरा गर्दा, ‘कार वाले वेबसाइटका अनुसार भारतको सबैभन्दा सानो कार एमजी कमेट ईभीको एक्स–शोरूम मूल्य ८ लाखदेखि १०.६३ लाख रुपैयाँसम्म छ ।