२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

प्राधिकरणका अध्यक्ष खनालले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएको मन्त्रालय स्रोतले बतायो ।

उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेको छ । पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले २०७६ साउनबाट खनाललाई प्राधिकरणको जिम्मेवारी दिएका थिए ।