१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोषीको हत्या गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका वडानम्बर १४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो । प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ । लागुऔषध दुर्रव्यसनी सन्तोष श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरयासी झैझगडाकै कारण उनले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले अपराधीले आफुले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिनुभयो ।

प्रहरीले सन्तोषीको मृत शरिरलाई बोरामा प्याक गरि फालेको अवस्थामा फेला पारेको थियो । प्रहरीले टोखा नगरपालिका वडा नम्बर ३ का सुर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जना लाई पनि सार्वजनिक गरेको छ । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई सार्वजनिक गरिएको हो । उनीहरुसंग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शब फेला पारेको थियो । दुवै घटनाका दोषी उपर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।