१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ



अ+ अ-

काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले नवनियुक्त न्यायाधीशहरूलाई शपथग्रहण गराएका हुन् ।

समारोहमा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

पुस १८ मा बसेको न्याय परिषद् बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको थियो ।