३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एनिमल’ फेम अभिनेता मनजोत सिंह एक रिल मात्र होइन वास्तविक जीवनका नायक पनि हुन्



अ+ अ-

एजेन्सी । साउथ फिल्म निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गरेको रणवीर कपुरको ब्लकबस्टर फिल्म ‘एनिमल’ मा देखिने मनजोत सिंहको एउटा भिडियो भाइरल भइरहेको छ, जसले फ्यानहरुको मन जितेको छ ।

यति मात्र होइन, फ्यानहरूले उनको धेरै प्रशंसा गर्दैछन् र भनेका छन्, ‘उनी रिल मात्र होइन, वास्तविक जीवनको नायक पनि हुन् ।’

यो भिडियो अभिनेता आफैले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेका छन् । यो भिडियो सन् २०१९ को हो, जसमा अभिनेता आत्महत्या गर्न खोजेकी एक युवतीलाई बचाइरहेको देखिन्छ । उनको वरिपरि ठूलो भीड देखिन्छ र कोही टाढाबाट उनको भिडियो बनाउँदैछन् । यो भिडियो सेयर गर्दै मनजोतले क्याप्सनमा यो घटनाको बारेमा पनि बताए ।

अभिनेताले लेखेका छन्, ‘यो २०१९ मा भएको थियो जब एउटी केटीले आत्महत्या गरिरहेकी थिइन् र भगवानको कृपाले मैले उनलाई बचाउन सकें । म सही समयमा सही ठाउँमा थिएँ । हामी सबैले समस्या र कठिनाइहरूको सामना गर्छौं । कहिलेकाँही बाँच्नु पनि साहसको काम बन्न सक्छ ।’ भिडियोमा धेरै संख्यामा भियुज साथै लाईक र कमेन्टहरू पनि देख्न सकिन्छ ।

भिडियोमा एक युवती युनिभर्सिटीको बालकनीमा बसेर हाम फाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ र हाम फाल्न जाने बित्तिकै मनजोत हिरोजस्तै आएर उनको हात समातेर माथि तान्छन् । यो भिडियो त्यो समयको हो जब उनी शारदा विश्वविद्यालय, ग्रेटर नोएडाबाट बीटेक पढ्दै थिए ।