९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा रु २९ करोड लगानीमा होल्डिङ सेन्टर



फाईल फोटो
अ+ अ-

राँझा । सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ । 

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न लागेको होल्डिङ सेन्टरको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ४ बिघा ८ धुर क्षेत्रफलमा रु २९ करोड ३८ लाख २० हजारको लागतमा निर्माण भइरहेको सो होल्डिङ सेन्टर एकहजार क्षमताको रहेको छ । नेपाली सेनाको प्रत्यक्ष रेखदेख र संरक्षणमा निर्माण भइरहेको छ सो होल्डिङ सेन्टरमा जमुनाह नाका हुँदै भारतबाट आउने कोरोना भाइरस सङ्क्रमितलाई राख्ने बताइएको छ । 

नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तव्यमा पु¥याउने, स्थानीयस्तरमा भइरहेको सङ्क्रमणलाई रोक्ने, आइसोलेशन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार, बाढीपहिरा, भूकम्पजस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ । यसको निर्माणको जिम्मा ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई दिएको छ । होल्डिङ सेन्टर निर्माणका लागि ठेकेदार कम्पनीलाई गत पुस मसान्तसम्मको समय दिएको थियो । 

अहिलेसम्म होल्डिङ सेन्टरको ३७ प्रतिशत अर्थात् रु १० करोड ९९ लाख ६० हजार बराबरको वित्तीय प्रगति देखिएको छ । निर्माणाधीन होल्डिङ सेन्टरमा तत्कालका लागि ३०० जनालाई मात्र व्यवस्थापन गर्न सकिने गरी काम भएको श्री नम्बर ४ बाहिनी अड्डा नेपालगञ्जका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले बताउनुभयो । आगामी चैत महिनासम्म निर्माण कार्य गर्नका लागि ठेक्का सम्झौताको म्याद थप्ने प्रक्रिया अगाडि बढिसकेको कम्पनीले जनाएको छ । चैतभित्रमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । होल्डिङ सेन्टरमा शौचालय, भान्सालगायत पूर्वाधार निर्माण गरिँदैछ । 

भारतबाट आउने कोरोना सङ्क्रमितलाई हाल नेपालगञ्ज उपमहानगरपालिकाले बाँके बर्दियास्थित बाल मन्दिरको आइसोलेशनमा व्यवस्थापन गर्दै आएको छ । समयमा होल्डिङ सेन्टर नबन्दा कोरोना भाइरस सङ्क्रमितको ब्यवस्थापन गर्न समस्या भइरहेको नगरपालिकाका उपप्रमुख उमा थापामगरले बताउनुभयो । रासस