२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

मकै खेतीमा यान्त्रिकीकरणको सकारात्मक नतिजा

मकै खेतीमा यान्त्रिकीकरणको सकारात्मक नतिजा
अ अ+ अ-

वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनु भएको छ । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो ।

चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गर्नुभएको छ । उहाँले अघिल्लो वर्ष मेसिनबाट मकै रोप्दा सबै खर्च कटाएर चार लाख ५० हजार मुनाफा कमाएपछि यस वर्ष हौसिएर उहाँले साढे चार बिघा क्षेत्रफलमा मेसिनबाट खेती गर्नुभएको हो । परम्परागत विधिभन्दा मेसिनले रोपेको मकैबाली सप्रिने, राम्रो घोगा र दाना लाग्ने भएपछि त्यसभेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आँमाटारका १० किसानले यस वर्ष करीब ३० बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा मकैखेती गरेका छन् ।

त्यस भेगका किसानले डिकाल ९०० एम, मायोनिप ३३५५ र शङ्कर २२४४ जातको मकै लगाएर मेजप्लान्ट भन्ने मेसिनबाट तीन बिघा क्षेत्रफलमा मकैखेती गरेको नीरञ्जन चौधरीले भन्नुभयो, “चारपाङ्ग्रे ट्र्याक्टरबाट खेतमा चलाउन सकिने यो उपकरणले मानिसले भन्दा व्यवस्थित रुपमा लाइनमा मकै रोप्दा बाली सप्रिन्छ ।” एक जना ट्र्याक्टर चालकले मेसिन चलाएर मकै रोपी विषादि छर्न लाग्ने मजदूरबाहेक अन्य मजदूर नलाग्ने, खर्च बचत हुने भएकाले मेसिनबाट मकै रोपिएको उहाँले बताउनुभयो । 
 
मकैको बीउ रोप्नु अघि कल्टिभेटर र रोटाभेटर मेसिनबाटै खेत जोतिएको र ल्याण्ड लेभलर मेसिन चलाएर सतह मिलाउँदा समय र खर्च कम लागेको भन्दै अर्का किसान सहदेव चौधरीले भन्नुभयो, “मेजप्लान्ट मेसिन सिफारीस गरेको कृषि अनुसन्धान केन्द्र वीरगञ्जका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्राले चीनबाट खरीद गरी ल्याएको मेसिनको परीक्षणपछि प्रयोग गर्दा मकै खेती राम्रो हुन थालेको छ ।”

परीक्षणपछि उक्त मेसिन किसानको लागि बरदान र अत्यन्तै उपयोगी सावित भएपछि उक्त मेसिनको अत्यधिक प्रयोग हुन थालेको बताउँदै वरिष्ठ वैज्ञानिक मिश्रा भन्नुहुन्छ, “यो मेसिनको प्रयोगले मकै बाली राम्रो हुन थालेपछि अहिले बारा जिल्लामा करीब ३० बिघा क्षेत्रफलमा किसानले मेसिन प्रयोग गरी व्यावसायिक रुपमा मकै खेती गरिरहेका छन् ।”
 
कृषि मजदूरको बढ्दो अभावका कारण किसानलाई समस्या हँुदै गएको र परम्परागत विधिबाट खेती गर्दा लागत, मेहनेत, झन्झट बढी हुने भएकोले किसानलाई यान्त्रिकीकरणतर्फ अभ्यस्त बनाउने प्रयासमा केन्द्र लागेको छ । किसानले यो उपकरण खरीद गर्दा बजार मूल्य करीब रु दुई लाख ५० हजार पर्न आउने भए पनि बारामा गत वर्षदेखि थुप्रै किसानले यो उपकरण प्रयोग गरी व्यावसायिक रुपमा मकैखेती गरी आर्थिक लाभ लिन थालेका छन् ।
 
जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलकै किसान जितु झाले आफ्नो १० बिघा खेतमा मेसिनबाट उखु रोप्नु भएको छ । पछिल्लो समय कृषि मजदूर घट्दै गएको र परम्परागत ढङ्गले खेती गर्दा लागत बढी लाग्ने भएकाले यस वर्ष उहाँले पहिलो पटक उपकरणको मद्दतले उखु रोप्नु भएको छ । उहाँलाई मेसिनबाट उखु रोप्न कृषि औजार अनुसन्धान केन्द्रले अर्धस्वचालित मेसिन उपलब्ध गराएको छ । 
 
कृषि औजार अनुसन्धान केन्द्र रानीघाटले आज हिउँदे बाली प्राविधिको एक दिवसीय स्थलगत अवलोकन तथा मूल्याङ्कन भ्रमण गरी जगरनाथपुर गाउँपालिका–३ बिजबनियाँमा त्यहाँका किसान अभयकुमार यादवले १९ बिघा क्षेत्रफलमा गरेको गँहुखेतीको भ्रमण गरेको थियो । 
 
किसान यादवले टर्वो ह्याप्पी मेशिनबाट गरेको गहुँ खेती राम्रो देखिएको जानकारी दिनुभयो । मेशिनबाट गँहु खेती गर्दा कम लागत लाग्ने तथा उत्पादन पनि बढी हुने भएकोले विगत २०५४ सालदेखि मेशिनद्वारा गहुँखेती गर्दै आएको किसान यादवको भनाइ छ । परम्परागत रुपमा खेती गर्दा प्रति कठ्ठा एक मन गँहु उत्पादन हँुदै आएकोमा मेशिनबाट गहुँखेती गर्दा प्रति कठ्ठा चार मनसम्म उत्पादन हुने किसानको भनाइ छ ।   
 
कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जसँग जोडिएर २०५६ सालदेखि कृषियन्त्र प्रयोग गरी खेती गर्दै आइरहेका वीरगञ्ज महानगरपालिका–२६ सुगौली विर्ताका किसान नेमिलालप्रसाद साहले रासससँग भन्नुभयो, “मेशिनबाट खेती गर्दा उत्पादन बढंी लिन सकिए पनि बजारको अभावमा ती उत्पादित सामान बेच्न समस्या हुने गरेको बताउनुभयो ।” 
 
सो अवलोकन भ्रमणमा केन्द्रका वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्रा, सम्बन्धित कार्यालयका प्राविधिक, सञ्चारकर्मी शङ्करप्रसाद खतिवडा, शेषमन पण्डित, वीरेन्द्रकर्ण, शङ्कर आचार्यलगायतको सहभागिता थियो । यसअघि किसानले कृषि औजार अनुसन्धान केन्द्रले उत्पादन गरेको विभिन्न प्रकारका कृषियन्त्रको अवलोकन गरी सो को प्रयोग विधिबारे जानकारी लिएका थिए ।