८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसान सूचीकरण अभियान : किसान औधी खुशी



अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका– १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिनुभयो । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य शुरुआत भएपछि उहाँ खुशी देखिनु भएको हो । उहाँले भन्नुभयो,‘‘सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ । वास्तविक किसानका हित हुन्छ ।’’ 

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा हालै दर्ता शुभारम्भ गरिएको थियो । समारोहमा उहाँ सहित किरन रानाथारु र वडा नं ३ का मनोज पडाललाई नमूनाको रुपमा किसान परिचयपत्र वितरण गरिएको थियो । च्याउखेती गरिरहनुभएका पडालले किसान सूचीकरण कार्यको प्रभावकारी कार्यान्वयनले कृषिमा अब नयाँ युगको शुरुआत हुने बताउनुभयो । 
 
उहाँले भन्नुभयो, ‘‘सरकारले दिने अनुदानको नीति पनि अब प्रतिफलमा आधारित बनाउन सके कृषि विकासमा फड्को मार्नसक्छ ।’’किसानको शुद्धिकरण गर्दै वास्तविक किसानको पहिचान स्थापित गर्न र परिचयपत्रका आधारमा लाभग्राही किसान छनोट गर्न यो सूचीकरणको काम थालिएको हो ।

स्थानीय तहमार्फत् किसान सूचीकरणको प्रविष्ट गर्न लागिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा हेमराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘यसको कार्यान्वयनवाट कृषि पेशलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुग्ने छ ।’’

निर्वाहमुखी र परम्परागत कृषि कार्यमा परिवर्तन गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार ल्याउन पनि यो सूचीकरण कार्य सहयोगी हुने जनाइएको छ । एक तथ्याङ्कका अनुसार झण्डै ६३ प्रतिशत मानिस कृषि पेशामा आबद्ध रहेको अनुमान छ ।

 किसानको वास्तविक विवरण पत्ता लगाउनका लागि प्रविधिको प्रयोग गरेर किसानको लगत सङ्कलन अर्थात् सूचीकरण थालिएको हो । यस कार्यले किसानको अभिलेख तयार पारी परिचयपत्रमार्फत् किसानको पहिचान स्थापित गराउने जनाइएको छ । 

कृषिलाई महत्पूर्ण क्षेत्रको रुपमा समेटेको डिजिटल नेपाल फ्रेमवर्कको प्रविधिमा आधारित भएर किसानको अभिलेख तयार गर्न लागिएको जनाइएको छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसानले तोकिएको विवरण प्रविष्ट गर्नुपर्छ ।