२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको इतिहासमा भारत र पाकिस्तान आठौं पटक भिड्दै



अ+ अ-

एजेन्सी । क्रिकेट विश्वका दुई ठूला प्रतिद्वन्द्वीमध्ये एक भारत र पाकिस्तानले सन् २०२४ को टी–२० विश्वकपमा जुन ९ मा आमनेसामने गर्दैछन् । शुक्रबार आईसीसीले टी–२० विश्वकप २०२४ को पूरा तालिका सार्वजनिक गरेको छ ।

टी–२० विश्वकप जुन १ बाट सुरु हुँदैछ । पहिलो खेल अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुनेछ । भारतले आयरल्यान्डविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । जुन ५ मा दुवै टोली न्युयोर्कमा आमनेसामने हुनेछन् । तर, फ्यानहरूको नजर भारत र पाकिस्तानबीचको खेलमा टिक्नेछ । भारत र पाकिस्तान पछिल्लो पटक २०२३ को एकदिवसीय विश्वकपमा आमनेसामने भएका थिए ।

भारत र पाकिस्तानबीचको हाई भोल्टेज खेल जुन ९ मा हुनेछ । दुवै टोली न्युयोर्कमा आमनेसामने हुनेछन् । टी–२० विश्वकपको इतिहासमा भारत र पाकिस्तान आठौं पटक आमनेसामने हुँदैछन् । अहिलेसम्म भएका सात खेलमा भारतले ६–१ को अग्रता लिएको छ । पाकिस्तानले पछिल्लो पटक २०२१ को टी–२० विश्वकपमा भारतलाई पराजित गरेको थियो ।

विश्वकपमा भारत समूह ए मा परेको छ । समूह ‘ए’ मा भारतबाहेक पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् । लिग चरणमा सबै टोलीले एक–एक खेल खेल्नेछन् ।

 




भर्खरै