काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता भएका छन् ।
नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका हुन् ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागि हुन काठमाडौँ आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।
शुक्रबार स्वदेश फर्किनुअघि जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । यस्तै,उनले त्रिभुवन विश्वविद्यालयको पुस्तकालयको पनि उद्घाटन गरेका थिए ।