• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

डेभिड वार्नरको चोरी भएको झोला भेटियो



एजेन्सी । अष्ट्रेलियाका ओपनर डेभिड वार्नरको ब्यागी ग्रीन क्याप (झोला) अन्तिम टेस्ट सकिन अघि नै प्राप्त भएको छ । वार्नरले चार दिनअघि सिड्नीमा आफ्नो ग्रीन क्याप गुमाएका थिए । उनले फिर्ताको माग गरेका थिए ।

वार्नरको ब्यागी ग्रीन क्याप टिम होटलमा भेटिएको थियो । तर, त्यो झोला कसरी त्यहाँ पुग्यो कसैलाई थाहा छैन । वार्नरले शुक्रबार बिहान इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै ब्यागी ग्रीन क्याप प्राप्त भएको जानकारी दिए । भिडियो पोस्ट गर्दै उनले लेखेका छन्– ‘खोजीमा संलग्न व्यक्तिहरूलाई धन्यवाद ।’

पोस्ट गरिएको भिडियोमा वार्नरले भने – सबैलाई नमस्कार, मेरो ब्यागी फेला परेको कुरा सबैलाई बताउन पाउँदा म खुसी र राहत महसुस गरिरहेको छु । प्रत्येक क्रिकेटरलाई थाहा छ कि क्याप मेरो लागि कति विशेष छ र म यसलाई मेरो बाँकी जीवनको लागि कदर गर्नेछु ।’

अष्ट्रेलियाली क्रिकेट टोलीका प्रवक्ताले झोला होटलमा भेटिएको बताए । त्यसभित्र सबै वस्तुहरू थिए । सीसीटीभी फुटेजबाट पनि झोला कसले लिएको हो र कसले यहाँ राखेको हो थाहा हुन सकेको छैन ।

पाकिस्तान र अस्ट्रेलियाबीचको तीन टेस्टको सिरिजको अन्तिम खेल जनवरी ३ तारिखदेखि सिड्नीमा जारी छ । खेल सुरु हुनुअघि वार्नरले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो ब्यागी ग्रीन क्याप गुमाएको जानकारी दिएका थिए । फिर्ता गर्न माग गरेका थिए । यो वार्नरको करियरको अन्तिम टेस्ट खेल हो । उनले खेलअघि नै सन्यासको घोषणा गरेका थिए ।

वार्नरले टी–२० मा ध्यान दिनको लागि एकदिवसीय र टेस्टबाट सन्यासको घोषणा गरेका छन् । उनी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा अष्ट्रेलियाको टोलीमा सहभागी हुन सक्छन् । यससँगै उनले पाकिस्तानविरुद्धको टेस्ट सिरिज सकिएपछि बिग ब्यासमा सिड्नी थन्डरका लागि कम्तिमा चार खेल खेल्नेछन् । यसपछि उनले दुबई क्यापिटल्सबाट आईएलटी२०खेल्न सक्नेछन् । उनले आईएलटी २० लिग खेल्न क्रिकेट अष्ट्रेलियासँग एनओसी मागेका छन् । दुबई टोलीको पहिलो खेल २१ जनवरीमा हुनेछ ।