२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र भारतसँग नेपालले प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै हो: वर्षमान पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताउनुभएको छ ।

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताउनु भयो । उहाँले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालले चीन र भारतसँग प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा खास भारत र चीन छन् । चीन एक नम्बर र दुई भारतबाट पर्यटकहरु बढी आउने गर्दछन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट पर्यटकहरु आइरहेका छन् । भारतबाट २०२३ को जुलाईमा एउटा महिनामा मात्रै २२ लाख ३२ हजार पर्यटकहरु बाहिर गए । त्यसले सामान्यतया वार्षिक ५ करोड पर्यटक बाहिर जान्छन् । त्यस्तै चिनियाँहरु २०१९ मा १५ करोड ४६ लाख र २०२३ को ६ महिनामा ४ करोड बाहिर गएका छन् । यो वर्ष १० करोड पर्यटक चीनबाट बाहिरिएका छन् । यो असाध्यै ठूलो अवसर हो । हामीले प्रतिष्पर्धा गर्नसक्ने बजार भनेको यही हो । किनभने हामीले ठूला ठूला उत्पादन गरेर चिनियाँ बजारमा वा भारतीय बजारमा पप्रतिष्पर्धा गर्न सक्दैनौँ । तर प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र यो हो । त्यही सम्भावनाअनुसार नै पर्यटकहरु पनि आइरहेका छन् । भारतीय पर्यटक बाहिर केका लागि जान्छन्। उनीहरु विवाहका लागि युएई जाँदा रहेछन् । हामीले अहिले हेर्दा विवाहका सिजनमा बोर्डरका होटल प्याक हुन्छन्, यो सम्भावना देखिन्छ । बोर्डरका क्षेत्रमा क्यासिनो वा मिनिक्यासिनो असाध्यै चल्छ । युपी र बिहारमा मदिरा निषेध गरेको छ । यतातिर यससलाई नियन्त्रित रुपले चलाउन सकिन्छ ।’

उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमानाकाका होटलहरु वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताउनु भयो । उहाँले भारतसँगका सीमाना नजिकमा क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने बताउनु भयो ।

 




भर्खरै