२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाद्वारा राप्रपाका पाँच नेतासँग भैरहवामा भेट



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता देखि भैरहवामा व्यस्त रहनुभएको छ । उहाँ श्रीमती कोमल र नाति हृदयेन्द्रसहित भैरहवा पुग्नुभएको हो । उहाँ भैरहवास्थित पाँचतारे होटेल सिद्धार्थ भिलासामा बस्नुभएको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेता बिहान त्यहाँ पुगेका छन् ।

पूर्वराजा शाहले राप्रपाका नेताहरूलाई भैरहवा बोलाउनु भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनसहित बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंह पूर्वराजालाई भेट्न बुधबार बिहान त्यहाँ पुग्नुभएको छ ।

यद्यपि, नेताहरुलाई पूर्वराजा शाहले केका लागि बोलाउनुभएको भन्नेबारे केही खुलेको छैन । ज्ञानेन्द्रसँग बिहानको खानासँगैको छलफलपछि साँझ साढे छ बजे नेताहरु काठमाडौं फर्कने स्रोतले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्रभित्र फरक–फरक धारणा र मतकाबीच सो पार्टीले फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला पूर्वराजा शाहले उनीहरूसँग छलफल गर्न भैरहवा डाक्नुभएको बुझिएको छ ।

भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी वृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने पूर्वराजा शाहको तयारी छ ।